२०८३ भाद्र २७ गते शनिवार

images
  • समाज
  • मलद्वारमा सुन लुकाएर ल्याउने तीन जना...

मलद्वारमा सुन लुकाएर ल्याउने तीन जना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ

मलद्वारमा सुन लुकाएर ल्याउने तीन जना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ

सहर्ष न्युज
शनिवार, पौष २७ २०८१
सहर्ष न्युज
शनिवार, पौष २७ २०८१
  •  

    प्रहरी प्रधान कार्यालयले शनिबार उक्त घटनाविवरण सार्वजनिक गर्दै सप्तरी घर भएका ३२ वर्षीय कृष्णप्रसाद चौधरी, ३० वर्षीय मोहम्मद इलियास र सुनसरीको इटहरी उपमहानगरपालिका–१९ का २७ वर्षीय शिवशंकर चौधरीलाई पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाइएको जनाएको हो।  

    प्रहरी प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले शुक्रबार पक्राउ परेका उनीहरूलाई आवश्यक कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा बुझाइएको जानकारी दिनुभयो।  

    हिमालय एयरलाइन्सको उडानद्वारा दोहाबाट काठमाडौँ आएका उनीहरूलाई विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको आगमन टनेल गेटमा जाँचगर्ने क्रममा पक्राउ गरिएको थियो।

    प्रहरीले कृष्णप्रसादको साथबाट करिब ५८ दशमलव ३३ ग्राम तौलको सिक्री १ थान, मोहम्मदको साथबाट करिब ५८ दशमलव ३३ ग्राम तौलको सिक्री १ थान र शिवशंकरको साथबाट करिब ५८ दशमलव ३३ ग्राम तौलको सिक्री १ थान बरामद गरेको जनाइएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend