२०८३ श्रावण ११ गते सोमवार

images
  • समाज
  • अवैध कल सेन्टरबाट दुई भारतीय सहित...

अवैध कल सेन्टरबाट दुई भारतीय सहित ५३ जना पक्राउ

अवैध कल सेन्टरबाट दुई भारतीय सहित ५३ जना पक्राउ

सहर्ष न्युज
मंगलवार, पौष २३ २०८१
सहर्ष न्युज
मंगलवार, पौष २३ २०८१
  • काठमाडौं । ललितपुरको सातदोबाटोस्थित एक अवैध कल सेन्टरबाट दुई जना भारतीय सहित ५३ जना पक्राउ परेका छन् ।

    केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले सोमबार राति छापा हानेर उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

    पक्राउ पर्नेमध्ये दुईजना भारतीय बाहेक बाँकी सबै नेपालीहरु रहेको सीआईबीले जानकारी दिएको छ ।

    कल सेन्टरबाट सीआईबीले ८५ वटा ल्याप्टपका साथै ८२ वटा मोबाइल बरामद गरेको छ । प्रारम्भीक अनुसन्धानबाट पक्राउ परेका व्यक्तिहरुले सातदोबाटोमा कल सेन्टर चलाएर अनलाइन जुवा लगायत अवैध गतिविधि गरिरहेको खुलेको छ ।

    आज उनीहरुलाई म्याद थप गरी विस्तृत अनुसन्धान गरिने सीआईबीले जनाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend