२०८३ श्रावण ११ गते सोमवार

images
  • पर्यटन
  • सगरमाथा क्षेत्रमा उडान असुरक्षा बढेपछि हवाई...

सगरमाथा क्षेत्रमा उडान असुरक्षा बढेपछि हवाई उडान स्थगित

सगरमाथा क्षेत्रमा उडान असुरक्षा बढेपछि हवाई उडान स्थगित

सहर्ष न्युज
सोमवार, पौष २२ २०८१
सहर्ष न्युज
सोमवार, पौष २२ २०८१
  • काठमाडौं । सगरमाथा क्षेत्रको उडानमा असुरक्षा बढेको भन्दै सञ्चालकहरूले हवाई उडान स्थगन गर्ने निर्णय गरेका छन्। वायुसेवा सञ्चालक संघले विज्ञप्ति जारी गर्दै सगरमाथा क्षेत्रमा हवाई उडान स्थगित गरेको जनाएको छ।

    सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने खुम्बु पासाङ ल्हामु गाउँपालिकालगायतका स्थानीय समूहले धम्की दिएको भन्दै वायुसेवा सञ्चालक संघले त्यस क्षेत्रमा हुने सबै हेलिकोप्टर तथा जहाजका उडान अनिश्चितकालका लागि स्थगन गरेको हो ।

    स्थानीय युवा समूह, क्लबलगायत सरोकारवालाहरूले हेलिकोप्टर अवतरण भएमा चालकलाई समातेर कारबाही गर्ने जस्ता अभिव्यक्ति सञ्चारमाध्यममार्फत व्यक्त गरेका कारण हेलिकोप्टर सुरक्षाको पूर्ण प्रत्याभूति नभएसम्म त्यस क्षेत्रका सबै उडान वायुसेवा कम्पनीले अनिश्चितकालका लागि स्थगन गरेको पाण्डेले विज्ञप्तिमार्फत जनाएका छन् ।

    ‘यो निर्णयबाट यात्रु महानुभाव तथा सर्वसाधारणमा पर्न जाने असुविधाप्रति वायुसेवा सञ्चालक संघ क्षमायाचना गर्दछ,’ उपाध्यक्ष पाण्डेले विज्ञप्तिमा लेखेका छन् । जनवरी १ तारिखदेखि उनीहरूले त्यस क्षेत्रमा आपत‍्कालीन उडानबाहेक अरू उडान गर्न नपाइने भन्दै हाल खुम्बु क्षेत्रका हेलिप्याडमा स्थानीयले झण्डा गाडेर अवरोध गरेका छन् ।

    सगरमाथा राष्ट्रिय निकुञ्ज, खुम्बु पासाङल्हामु गाउँपालिकालगायत अन्य स्थानीय युवा समूह तथा संघसंस्थाहरुले निकुञ्ज क्षेत्रमा हेलिकप्टर उडान तथा अवतरणका कारण निकुञ्जको वन, वातावरण तथा वन्यजन्तुको सुरक्षा तथा बासस्थान संरक्षणमा चुनौती थपिएको भन्दै व्यावसायिकरुपमा उडान बन्द गराएका हुन्।

    हेलिकप्टर उडानमा लगाएको प्रतिबन्ध सम्बन्धमा सम्बन्धित पदाधिकारीहरुसँग संघका पदाधिकारीहरुले पटकपटक वार्ता गर्दा पनि कुनै निष्कर्ष आएको छैन।हाल खुम्बु क्षेत्रका हेलिप्याडहरुमा झण्डा गाडी अवरोध सृजना गरिएको र कथमकदाचित आपतकालीन अवतरण गर्नुपर्ने अवस्था सृजना भएको खण्डमा समेत अवतरण गर्ने स्थान नरहेको संघले जनाएको छ।

    उक्त क्षेत्रमा उडान भर्ने स्टल वायुसेवा कम्पनीहरुले पनि सुरक्षाको पूर्ण प्रत्याभूति नभएको खण्डमा क्रमशः आफ्ना उडानहरु स्थगन गर्ने बताइएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend