२०८३ भाद्र २८ गते आइतवार

images
  • राजनीति
  • प्रधानमन्त्री ओलीले साउन ६ गते विश्वासको...

प्रधानमन्त्री ओलीले साउन ६ गते विश्वासको मत लिने

प्रधानमन्त्री ओलीले साउन ६ गते विश्वासको मत लिने

सहर्ष न्युज
बुधवार, श्रावण २ २०८१
सहर्ष न्युज
बुधवार, श्रावण २ २०८१
  • सहर्ष न्युज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली साउन ६ गते प्रतिनिधि सभाबाट विश्वासको मत लिने हुनुभएको छ । सत्ता पक्षका प्रमुख सचेतक महेश बर्तौलाका अनुसार प्रधानमन्त्रीले अब बस्ने प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिनुहुनेछ ।

    राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई गत आइतबार असार ३० गते प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको थियो । त्यसको भोलिपल्ट ३१ गते सोमबार उहाँले पद तथा गोपनीयताको शपथ लिनुभयो । 

    संवैधानिक व्यवस्थाअनुसार प्रधानमन्त्रीले नियुक्त भएको ३० दिनभित्र संसदबाट विश्वासको मत लिनुपर्ने हुन्छ । प्रधानमन्त्री ओलीले सत्ता पक्षका दलका नेता तथा प्रमुख सचेतकहरूसँग छलफल गर्दै ६ गतेका लागि विश्वासको मत लिने समय तय गर्नुभएको बर्तौलाले बताउनुभयो । 

    साउन ६ गते नै प्रधानमन्त्री ओलीले संसद् बैठकबाट देशवासीको नाममा सम्बोधन गर्ने मिति पनि तय गर्नुभएको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend