२०८३ श्रावण ११ गते सोमवार

images
  • राजनीति
  • प्रधानमन्त्री ओली चीनको चारदिने भ्रमण सम्पन्न...

प्रधानमन्त्री ओली चीनको चारदिने भ्रमण सम्पन्न गरी स्वदेश फिर्ता

प्रधानमन्त्री ओली चीनको चारदिने भ्रमण सम्पन्न गरी स्वदेश फिर्ता

सहर्ष न्युज
बिहिवार, मंसिर २० २०८१
सहर्ष न्युज
बिहिवार, मंसिर २० २०८१
  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चीनको चार दिने औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फर्किनुभएको छ । चिनियाँ समकक्षीको निमन्त्रणामा मंसिर १७ गते बेइजिङ जानुभएका प्रधानमन्त्री ओली काठमाडौंस्थित नित्रुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्नुभएको उहाँको प्रेस संयोजक प्रकाश सिलवालले जानकारी दिनुभयो । 

    हिमालय एयरलाइन्सको विशेष चार्टर विमानबाट प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा गएको थियो । भ्रमणका क्रममा बेइजिङमा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी जिनपिङ, प्रधानमन्त्री ली छ्याङ लगायतसँग भेटवार्ता गर्नुभएको थियो । त्यही क्रममा नेपाल र चीनबिच बीआरआई फ्रेमवर्क सहमतिपत्रमा हस्ताक्षर भएको थियो । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend