२०८३ श्रावण १० गते आइतवार

images
  • राजनीति
  • स्थानीय तह उपनिर्वाचनका लागि उम्मेदवारी...

स्थानीय तह उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता आज, आचारसंहिता पनि आजैदेखि लागु

स्थानीय तह उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता आज, आचारसंहिता पनि आजैदेखि लागु

सहर्ष न्युज
आइतवार, मंसिर २ २०८१
सहर्ष न्युज
आइतवार, मंसिर २ २०८१
  • काठमाडौं । स्थानीय तह उपनिर्वाचन २०८१ का लागि मङ्सिर २ गते आइतबार उम्मेदवारी दर्ता हुँदै छ । स्थानीय तहमा रिक्त रहेका ४४ पदमा मङ्सिर १६ गते हुने निर्वाचनका लागि आइतबार मनोनयन दर्ता हुन लागेको हो । 

    निर्वाचन आयोगका प्रवक्ता नीता पोखरेल अर्यालले सम्बन्धित पालिकाको केन्द्र र वडामा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयमा मङ्सिर २ गते आइतबार बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म मनोनयन दर्ता हुने जानकारी दिनुभयो । ४४ पदका लागि आइतबार नै मनोनयन दर्ता हुने छ । जसमध्ये पालिकाका प्रमुख र उपप्रमुख एक/एक, अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्षको ३४ पद रिक्त छन् । दुई वटा जिल्ला समन्वय समितिको प्रमुख पद पनि रिक्त छन् । 

    पालिका केन्द्रमा नौ र वडा केन्द्रमा २९ गरी ३८ स्थानमा निर्वाचन अधिकृतको कार्यालयमार्फत ४२ पदको मनोनयन दर्ता हुने छ । जिल्ला समन्वय समितिको प्रमुख पदका लागि कैलाली र ओखलढुङ्गामा निर्वाचन हुने छ । ओखलढुङ्गामा जिल्ला निर्वाचन अधिकारी र कैलालीमा प्रदेश निर्वाचन अधिकारी निर्वाचन अधिकृतको भूमिकामा रहनुहुने छ । 

    स्थानीय तह उपनिर्वाचन निर्देशिका, २०८१ अनुसार मनोनयनपत्र दाखिला गर्दा वडाध्यक्षले एक हजार र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुख पदका उम्मेदवारले एक हजार पाँच सय रुपियाँ धरौटी राख्नुपर्ने छ । महिला, दलित वा अल्पसङ्ख्यक समुदाय वा आर्थिक रूपले विपन्न व्यक्तिको हकमा ५० प्रतिशत छुट हुने छ । 

    आचारसंहिता लागु

    निर्वाचन आयोगले उपनिर्वाचनका लागि मङ्सिर २ गते आइतबारदेखि आचारसंहिता लागु गरेको छ । आयोगले उपनिर्वाचन हुने सम्बन्धित जिल्लाभित्र तोकिएका व्यक्ति, निकाय तथा अधिकारीलाई आचारसंहिता लागु हुने जनाएको छ । 

    आयोगका प्रवक्ता पोखरेलले आयोग पदाधिकारीको मङ्सिर १ गतेको बैठकबाट निर्वाचन सम्पन्न नभएसम्म निर्वाचन आचारसंहिताको सम्पूर्ण व्यवस्था लागु गर्ने निर्णय भएको जानकारी दिनुभयो । आचारसंहिता उपनिर्वाचन हुने जिल्लाभित्र नेपाल सरकारका मन्त्री, प्रदेश सरकार, संवैधानिक निकाय र सो निकायका पदाधिकारीलगायतलाई लागु हुने छ ।  

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend