२०८३ भाद्र २८ गते आइतवार

images
  • राजनीति
  • व्यवसायी गुरूङले दिएको जग्गा दानमा सर्वोच्चको...

व्यवसायी गुरूङले दिएको जग्गा दानमा सर्वोच्चको अंकुश

व्यवसायी गुरूङले दिएको जग्गा दानमा सर्वोच्चको अंकुश

सहर्ष न्युज
मंगलवार, कार्तिक १३ २०८१
सहर्ष न्युज
मंगलवार, कार्तिक १३ २०८१
  • काठमाडौं । विवादस्पद व्यवसायी मीनबहादुर गुरुङले एमाले पार्टीलाई दान दिएको जग्गालाई सर्वोच्च अदालतले अंकुश लगाइदिएको छ । जग्गादानको बदलामा प्रतिफलको जोखिम रहेको भन्दै तत्काल हक हस्तान्तरण नगर्न भन्दै सर्वोच्चले आदेश दिएको हो । सर्वोच्चले उक्त दानमा लिएको जग्गामा पार्टी कार्यालय भवन निर्माण तत्काल अघि नबढाउन समेत अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

    न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले रिट निवेदक ज्ञान बस्नेत समेत र विपक्षी नेकपा एमाले, व्यवसायी मीनबहादुर गुरुङलाई छलफलमा बोलाएको हो ।
    दशैको घटस्थापनाको दिन किर्तिपुरमा १० रोपनी १४ आना जग्गामा कुनै पनि संरचना तत्काल नवनाउन आदेश भएको हो । ।

    सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइकेलले आदेशको लिखित रुप प्राप्त भइनसकेको बताए ।

    सर्वोच्च अदालतले जग्गा दाता मीनबहादुर गुरुङ र लिने एमालेलाई त्यसको कारण देखाउन समेत माग गरेको छ ।
    सर्वोच्चको यो निर्णय पछि सबैको ध्यान पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीमा गएको छ । सरोकारवाला सबैको चासो भएको छ ओलीले यसवारेमा कस्तो निर्णय लेलान ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend