२०८३ श्रावण १२ गते मंगलवार

images

नेपाल एयरलाइन्सले फूलपातीमा १५८ सिट क्षमतको न्यारोबडीबाट काठमाडौं-भैरहवा उडान गर्ने

नेपाल एयरलाइन्सले फूलपातीमा १५८ सिट क्षमतको न्यारोबडीबाट काठमाडौं-भैरहवा उडान गर्ने

सहर्ष न्युज
मंगलवार, आश्विन २२ २०८१
सहर्ष न्युज
मंगलवार, आश्विन २२ २०८१
  • काठमाडौं । नेपाल एयर लाइन्सले फूलपातीको दिन काठमाडौं-भैरहवा-काठमाडौं उडान गर्ने भएको छ ।

    अहिले चाडपर्व र सडक अवरुद्ध बनेको समयमा हवाई क्षेत्रमा यात्रुको छाप बढेपछि नेपाल एयर लाइन्सले काठमाडौं भैरहवा उडान गर्ने भएको हो ।

    नेपाल एयरलाइन्सका अनुसार फूलपातीको दिन बिहान ११ बजे काठमाडौंदेखि भैरहवा उडान हुने छ । भैरहवाबाट १२: ३० बजे काठमाडौंका लागि उड्ने भएको छ ।

    दशैंको फूलपातीको दिन (असोज २४) निगमको ए३२० जहाजबाट काठमाडौं-भैरहवा-काठमाडौं उद्दार उडान गर्ने निगमले विज्ञप्ति जारी गर्दै जानकारी दिएको हो ।

    निगमसँग १५८ सिट क्षमतको न्यारोबडी जहाज छ । यसले एउटा उडान गर्दा एकैपटकमा आन्तरिक उडानमा एटीआरले दुई उडान गर्दा लैजाने यात्रु एकैपटक सेवा दिने भएकोले बाढी पहिरोका कारण सडक अबरुद्ध भएर दशैं मनाउन जान नपाएका यात्रुलाई सहज हुने बुझाई निगमको छ ।  पर्यटन मन्त्री बद्रीप्रसाद पाण्डले २ दिन अगाडि मात्रै आन्तरिक उडानमा चाप परेकोले आन्तरिक उडानको गन्तव्यमा न्यारोबडीबाट सेवा दिएर यात्रुको माग सम्बोधन गर्न आग्रह गरेका थिए ।

    यात्रुहरुले निगमको आन्तरिक बिक्रि कार्यालय, निगमको वा आफ्नो मोबाइलबाट समेत अनलाइन टिकट लिन सकिने व्यवस्था रहेको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend