२०८३ श्रावण ११ गते सोमवार

images
  • समाचार
  • सांसद्लाई स्वकीय राख्न दिने सरकारको निर्णयविरुद्ध...

सांसद्लाई स्वकीय राख्न दिने सरकारको निर्णयविरुद्ध कारण देखाऊ आदेश

सांसद्लाई स्वकीय राख्न दिने सरकारको निर्णयविरुद्ध कारण देखाऊ आदेश

सोमवार, श्रावण ११ २०८३
सोमवार, श्रावण ११ २०८३
  • काठमाडौं । सङ्घीय संसद्का सदस्यहरूलाई निजी स्वकीय सचिव राख्न दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ । सोमबार न्यायाधीश विनोद शर्माको एकल इजलासले सरकारसँग लिखित जवाफ माग गर्दै कारण देखाऊ आदेश जारी गरेको हो ।

    सरकारको उक्त निर्णयले राज्य कोषको चरम दुरुपयोग हुने दाबी गर्दै अधिवक्ता डा.प्रेमराज सिलवालले रिट दायर गरेका थिए । रिटमा सरकारको निर्णय र सोसम्बन्धी राजपत्रको सूचना उत्प्रेषणको आदेशले खारेज गर्न माग गरेका थिए ।कार्यकर्ता पोस्ने गरी स्वकीय सचिवको व्यवस्था गर्नु ‘कपटपूर्ण र स्वेच्छाचारी’ भएको रिटमा उल्लेख छ ।

    सरकारले ‘सङ्घीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन, २०७३’ को दफा २५ प्रयोग गर्दै सांसदहरूलाई पनि स्वकीय सचिवको सुविधा दिने गरी हालै अनुसूची हेरफेर गरेको थियो ।  

    सांसदका स्वकीयको कुनै स्पष्ट योग्यता, क्षमता वा परीक्षाको प्रावधान नभएको र उनीहरूको काम, कर्तव्य र अधिकारसमेत कानुनले नतोकेको जिकिर गरिएको छ । 

    सक्रियबाट साभार 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend