२०८३ श्रावण ११ गते सोमवार

images

सुरुङमार्ग शुभारम्भ हुँदैगर्दा स्थानीयवासीद्वारा विरोध प्रदर्शन

सुरुङमार्ग शुभारम्भ हुँदैगर्दा स्थानीयवासीद्वारा विरोध प्रदर्शन

सोमवार, श्रावण ११ २०८३
सोमवार, श्रावण ११ २०८३
  • काठमाडौं । सिस्नेखोला सुरुङमार्ग औपचारिक रूपमा शुभारम्भ हुँदैगर्दा स्थानीय पीडितहरुले भने विरोध प्रदर्शन गरेका छन् । नागढुङ्गा सुरुङमार्ग पीडित संघर्ष समितिले विभिन्न पाँच बुँदे माग राख्दै सुरुङमार्ग प्रवेश सडक अगाडी विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले आकाशेपुल यथाशीघ्र निर्माण गर्नुपर्ने , सडक पेटी फराकिलो बनाउनुपर्ने, नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग निर्माण आयोजना पीडितहरुलाई रोजगारी सुनिश्चित गर्नुपर्ने माग राखेका छन् ।

    त्यस्तै जेब्रा क्रसिङ तथा ट्राफिक लाइट व्यवस्था गर्नुपर्ने र फ्लाइ ओभरको नामाकरण ‘किसिपिडी फ्लाई ओभर’ हुनुपर्ने उनीहरुको माग छ । नागढुङ्गा देखि सिस्नेखोला सुरुङमार्गसम्म पुग्ने सडकमा आवतजावत गर्न स्थानीयलाई समस्या भएकाले आफुहरुले जायज मागका साथ प्रदर्शन गरेको उनीहरुको भनाइ छ । 

    प्रदर्शनकारीहरुले आफूहरुको जायज माग पुरा नभएसम्म निरन्तर आन्दोलन गर्ने चेतावनी दिएको छ । सोमबार नै पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग औपचारिक उद्घाटन गरेका छन्। 
    सक्रियबाट साभार 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend