२०८३ भाद्र २७ गते शनिवार

images

रोनाल्डो र जर्जिना विवाह बन्धनमा बाँधिए

रोनाल्डो र जर्जिना विवाह बन्धनमा बाँधिए

बुधवार, श्रावण २७ २०८३
बुधवार, श्रावण २७ २०८३
  • काठमाडौँ। पोर्तुगिज फुटबल स्टार क्रिस्टियानो रोनाल्डो (४१) र लामो समयदेखिको प्रेमिका जर्जिना रोड्रिगेज (३२) आधिकारिक रूपमा पति-पत्नी बनेका छन्। पोर्तुगलको काश्काइसमा भएको साधारण नागरिक विवाह समारोहमा उनीहरूका पाँच सन्तान उपस्थित थिए। दुवैले सामाजिक सञ्जालमा औंठी देखिने साझा तस्बिर सेयर गर्दै विवाहको पुष्टि गरे। यो घटना उनीहरूको सगाईको ठ्याक्कै एक वर्षपछि भएको हो।  गत वर्ष अगस्ट ११ मै जर्जिनाले सगाईको खबर सार्वजनिक गरेकी थिइन्।

    सन् २०१६ देखि सम्बन्धमा रहेका यी जोडी झन्डै एक दशकपछि विवाह बन्धनमा बाँधिएका हुन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend