२०८३ भाद्र २८ गते आइतवार

images
  • राजनीति
  • किर्ते मुद्दामा दोषी ठहर लुम्बिनी प्रदेश...

किर्ते मुद्दामा दोषी ठहर लुम्बिनी प्रदेश सभाका कांग्रेस सांसद केसी ३३ बर्षपछि जेल चलान

किर्ते मुद्दामा दोषी ठहर लुम्बिनी प्रदेश सभाका कांग्रेस सांसद केसी ३३ बर्षपछि जेल चलान

सहर्ष न्युज
आइतवार, भाद्र २३ २०८१
सहर्ष न्युज
आइतवार, भाद्र २३ २०८१
  • काठमाडौं । लुम्बिनी प्रदेश सभाका सांसद धनबहादुर केसी (डीबी) जेल चलान हुनुभएको छ । रुकुमपूर्व प्रदेश सभा क्षेत्र नम्बर २ बाट निर्वाचित नेपाली कांग्रेसका केसी आइतबार जेल चलान हुनुभएको हो। 

    वि।सं। २०४८ साल असार ९ गतेका साबिक रुकुम जिल्ला अदालतले किर्ते मुद्दामा दोषी ठहर गर्दै एक वर्ष कैद र दुई हजार जरिवानाको फैसला सुनाएको थियो। उक्त मुद्दामा दोषी ठहर भएपछि केसी फरार हुनुभएको थियो।

    आइतबार सांसद केसी आफै रुकुमपूर्व जिल्ला अदालतमा उपस्थित हुनुभएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) माधवराज खरेलले जानकारी दिनुभयो । उपस्थित पश्चात् अदालतले कैद भुक्तानीको लागि रुकुम पश्चिमको कारागार चलान गरेको डिएसपी खरेलले बताउनुभयो ।  

    श्रीमतीसँगको अंश मुद्दामा प्रदेश सांसद केसीले किर्ते गरेको अभियोगमा दोषी ठहर रहेको रुकुमपूर्व जिल्ला अदालतका स्रेस्तादार तथा सूचना अधिकारी ईश्वरीप्रसाद सुवेदीले जानकारी दिनुभयो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend