२०८३ भाद्र २७ गते शनिवार

images

चलचित्र ‘वरिष्ठ बलराम’ प्रदर्शनमा

चलचित्र ‘वरिष्ठ बलराम’ प्रदर्शनमा

सहर्ष न्युज
आइतवार, कार्तिक १० २०८२
सहर्ष न्युज
आइतवार, कार्तिक १० २०८२
  • काठमाडौँ । चलचित्र ‘वरिष्ठ बलराम’ प्रदर्शनमा आएको छ । दयाहाङ राई र विजय बराल प्रमुख भूमिका रहेको चलचित्रलाई सुरेन्द्र पौडेलले निर्देशन गर्नुभएको छ । वृषभ सिद्धी इन्टरटेन्मेन्टको प्रस्तुतिमा आन्भी फिल्म्सको सहकार्य रहेको चलचित्रमा दयाहाङ र विजयसँगै समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङ, भोलाराज सापकोटा, रामबाबु रेग्मी, प्रदीपकुमार चौधरी (पिके) लगायतका कलाकारको अभिनय रहेको छ ।

    निर्देशक पौडेलकै कथा र सम्पादन रहेको चलचित्रको पटकथा महेश दवाडीले लेख्नुभएको हो । आशिष एच तामाङ र श्रीराज कार्की निर्माता रहेको चलचित्रका कार्यकारी निर्माता प्रदीप जी धामी र पुष्कर बी घिमिरे हुनुहुन्छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend