२०८३ श्रावण १२ गते मंगलवार

images
  • प्रमुख समाचार
  • जेनजी आन्दोलनले क्षतिग्रस्त उद्योग विभागका सम्पूर्ण...

जेनजी आन्दोलनले क्षतिग्रस्त उद्योग विभागका सम्पूर्ण सेवाहरु सुचारू

जेनजी आन्दोलनले क्षतिग्रस्त उद्योग विभागका सम्पूर्ण सेवाहरु सुचारू

सहर्ष न्युज
आइतवार, आश्विन २६ २०८२
सहर्ष न्युज
आइतवार, आश्विन २६ २०८२
  • काठमाडौं । आन्दोलनकारीले लगाएको आगो र तोडफोडले क्षत विक्षत भएको भवन । भवन अगाडी भित्र जलेका कागज र सामानहरुको थुप्रो अनि फुटेको कुरुप झ्यालका अगाडी बसेर सेवा दिइरहेका कर्मचारीहरु । यो दृष्य काठमाडौंको त्रिपुरेश्वरमा रहेको उद्योग विभागको हो । यही भदौ २३ र २४ गते नयाँ पुस्ता (जेनजी)ले गरेको आन्दोलनका कारण विभागले अहिलेको यो दृष्य व्यहोर्नु प¥यो । जेनजी आन्दोलनले अन्य सरकारी कार्यालयहरुमा जस्तै उद्योग विभागमा समेत नराम्ररी तोडफोड र आगजानी गरेपछि विभागको अवस्था यस्तो हुन पुगेको हो ।

    आन्दोलनकारीहरुले विभागको भवनको वाहिरी भाग तोडफोड गरे भने भित्रका केही भाग जलाएर नष्ट गरे । विभाग भित्रका फर्निचरलगायत महत्वपूर्ण कागजातहरु जलेर नष्ट भएका छन् ।

    आन्दोलनकारीहरुले ट्रेड मार्क शाखाका सम्पूर्ण कागजात जलाएर नष्ट गरे भने आंशिकरुपमा जलाइएका दर्ता शाखाको समेत सयौं फायल र महत्वपूर्ण कागजात जलेर नष्ट भएको विभागका महानिर्देशक राजेश्वर ज्ञवालीले जानकारी दिए । यसैक्रममा विभागका ५ वटा मोटर र १५ वटा मोटरसाइकल समेत जलेर कामै नलाग्ने कवाड बनेको महानिर्देशक ज्ञवालीले बताए ।

     

    अन्य शाखामा समेत क्षति पुगेको विभागको कुरुप कार्यालयमै बसेर कर्मचारीहरुले अहिले सेवा दिइरहेको छन् ।

    ‘औद्योगिक सम्पत्ति शाखामा रहेका फाइलहरु पूर्णरुपमा जलेर नष्ट भएकाले सो शाखासँग सम्बन्धित केही सेवा बाहेक अन्य सबै सेवा सुचारु भइसकेका छन् ।’ महानिर्देशक ज्ञवालीले भने– ‘डिजिटल सिष्टम सुरक्षित रहेकाले क्षति पुगेका भौतिक कागजात विस्तारै ‘रिकभर’ गर्छौं ।’

    कुरुप कार्यालय र पूर्वाधार अभावका बिच पनि विभागका सबै सेवा सुचारू भइरहेको उनले जानकारी दिए । समस्या र अभाव देखाएर सेवाग्राहीहरुलाई कुनै पनि सेवामा कमि हुन नदिने समेत उनले प्रतिबद्धता जनाए ।
    क्षति पुगेको संरचनाको विस्तारै पुनर्निमाण गर्ने पनि महानिर्देशक ज्ञवालीको भनाई छ ।

    'उद्यमशील संस्कृतिः राष्ट्रको समृद्धि' नारा रहेको विभागले उद्योग दर्ता, ट्रेडमार्क, डिजाइन र प्याटेन्ट सम्बन्धि सेवा, त्यसको अद्यावधिक र सहजीकरण जस्ता कार्य गर्दै आएका छ । विभागमा साना, मझौला र ठूला गरी हाल देशभरबाट १० हजार ३८९ उद्योग दर्ता रहेको  विभागले जानकारी दिएको छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend