२०८३ श्रावण १२ गते मंगलवार

images

पोखराबाट अवैध सुनचाँदी कारोबारमा संलग्न ११ भारतीय नागरिक पक्राउ, २ करोड बढीको सम्पत्ति बरामद

पोखराबाट अवैध सुनचाँदी कारोबारमा संलग्न ११ भारतीय नागरिक पक्राउ, २ करोड बढीको सम्पत्ति बरामद

सहर्ष न्युज
आइतवार, श्रावण २६ २०८२
सहर्ष न्युज
आइतवार, श्रावण २६ २०८२
  • पोखरा | पोखरामा अवैध सुनचाँदी कारोबारमा संलग्न रहेको अभियोगमा ११ जना भारतीय नागरिक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कास्कीको नेतृत्वमा गरिएको विशेष अपरेशनमा करिब २ करोड रुपैयाँभन्दा बढी मूल्य बराबरको सुन, चाँदी र नगद सम्पत्ति बरामद गरिएको छ।

    प्रहरीका अनुसार पोखरा महानगरपालिका–१, २, ३, ४ र १९ का विभिन्न स्थानहरूमा विशेष सुराकीका आधारमा छापा मारिएको थियो। उक्त अपरेशनमा भारतको विभिन्न राज्यहरू महाराष्ट्र, पश्चिम बंगाल र कोलकाताबाट पोखरा आएका ११ जना भारतीय नागरिक पक्राउ परेका छन् भने एकजना अझै फरार छन्।

    पक्राउ परेका व्यक्तिहरूमा निम्न नाम समावेश छन्:

    • राजेन्द्र रामचन्द्र जगताप

    • मनिक आदक

    • सन्दिप दाब

    • सोमनाथ पाल

    • दिपक सामन्त

    • गोविन्द दिण्डा

    • असित वर

    • तापस सामन्त

    • उज्ज्वल भौमिक

    • सुनिता पवार

    • प्रभास माझी

    त्यस्तै फरार रहेका सञ्जय दासको डेराबाट पनि ठूलो परिमाणमा अवैध सुनचाँदी फेला परेको प्रहरीले जनाएको छ।

    बरामद सम्पत्ति:

    • ५४९ तोला (६ किलो ४०० ग्राम) सुन

    • ४९९ तोला ७३.९ लाल चाँदी

    • नगद १ लाख ८५ हजार ५ सय रुपैयाँ

    जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार बरामद गरिएका सम्पत्तिको बजार मूल्य हालको दरअनुसार करिब २ करोड रुपैयाँभन्दा बढी हुने अनुमान गरिएको छ।

    प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको छ र पक्राउ परेकाहरूमाथि आवश्यक कानुनी प्रक्रिया चलाइएको छ।

    जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक (डीएसपी) हरि बहादुर बस्नेतका अनुसार यो गिरोह लामो समयदेखि पोखरामा अवैध सुनचाँदी कारोबारमा संलग्न रहँदै आएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend