२०८३ श्रावण १२ गते मंगलवार

images

सांसद सिंहको व्यांङ्य : 'विधानमै आजीवन अध्यक्ष हुने कानुनी हक सुनिश्चित गरौँ'

सांसद सिंहको व्यांङ्य : 'विधानमै आजीवन अध्यक्ष हुने कानुनी हक सुनिश्चित गरौँ'

सहर्ष न्युज
मंगलवार, श्रावण ७ २०८२
सहर्ष न्युज
मंगलवार, श्रावण ७ २०८२
  • काठमाडौं । प्रतिनिधिसभाका स्वतन्त्र सांसद अमरेश कुमार सिंहले प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूको पद नछोड्ने प्रवृत्तिको कडा आलोचना गरेका छन्। 

    सामाजिक सञ्जालमार्फत उनले नेताहरूको जीवनमा उल्लेख्य परिवर्तन आए पनि देशको अवस्थामा खासै सुधार नभएको टिप्पणी गरेका छन्। सिंहको यो बयान नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा ७० वर्षे उमेर हद लागु गर्दा आफूले जेल बसेको १४ वर्ष घटाउनुपर्ने तर्क गरेपछि आएको हो। 

    उनले व्यङ्ग्यात्मक रूपमा भनेका छन्, ‘सबै पार्टीका शीर्ष नेताहरूले पार्टी अध्यक्ष र प्रधानमन्त्री पद नछोड्ने देखियो। उहाँसहितको जीवनमा गजबको परिवर्तन आएपनि देशको अवस्थामा खास्सै परिवर्तन आएको छैन। देशको अवस्था यस्तो हुँदापनि भक्तजनको भक्तिभाव भने नयाँ उचाइमा छ। त्यो भन्दा विधानमै एक पटक अध्यक्ष भएपछि आजीवन अध्यक्ष हुन पाइने कानुनी हक सुनिश्चित गरे राम्रो होला!’

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend