२०८३ भाद्र २७ गते शनिवार

images
  • राजनीति
  • ‘अहंकारी बूढाहरु’ भन्दै राजावादी आन्दोलनबाट बाहिरिए...

‘अहंकारी बूढाहरु’ भन्दै राजावादी आन्दोलनबाट बाहिरिए स्वागत नेपाल

‘अहंकारी बूढाहरु’ भन्दै राजावादी आन्दोलनबाट बाहिरिए स्वागत नेपाल

सहर्ष न्युज
आइतवार, जेठ २६ २०८२
सहर्ष न्युज
आइतवार, जेठ २६ २०८२
  • ‘बुढाहरूको स्वार्थ र अहंकारले आन्दोलनलाई कमजोर पार्न समीक्षा बैठक पनि मिडियाको बीचमा गरेर भताभुंग पारे, जनभावनालाई तुहाउन प्रयास गरे’

    काठमाडौं । राजसंस्था पुन:स्थापनाका लागि भन्दै नवराज सुवेदीको संयोजकत्वमा गठित संयुक्त जनआन्दोलन समितिका प्रवक्ता स्वागत नेपाल बाहिरिएका छन् । उनले राजावादी आन्दोलन अब नयाँ शिराबाट आउने पनि उल्लेख गरेका छन् ।

    ‘एकजनाबाहेक सबै व्यक्ति कुनै न कुनै दल र अभियानमा संलग्न व्यक्तिहरू थिए । स्वागत नेपाल सबैभन्दा अन्तिममा प्रवक्ताका रूपमा एकजना स्वतन्त्र र कानुनको मान्छे पनि चाहिने रहेछ भनेर थपेर राखिएको मान्छे थियो,’ सामाजिक सञ्जालमा नेपालले लेखेका छन्, ‘उसले सकेसम्म बुढाहरूलाई मिलाउन सम्झाउन प्रयास गर्‍यो । तर बुढाहरूको स्वार्थ र अहंकारले आन्दोलनलाई कमजोर पार्न समीक्षा बैठक पनि मिडियाको बीचमा गरेर भताभुंग पारे, जनभावनालाई तुहाउन प्रयास गरे । तर युवाले तुहिन दिने छैन । आन्दोलन सफल भएरै छोड्ने छ । केही समयको मात्र धैर्य जरुरी छ । हार नस्वीकार्नेलाई कसैले हराउन सक्दैन साथीहरू ढुक्क हुनुहोला ।’

    राजावादी आन्दोलन अब नयाँ शिराबाट आउने उनको भनाइ छ । उनले ऐतिहासिक शान्तियुद्ध अवसरवादी र अहंकारी बुढाहरूले नगर्ने भन्दै आपत्तिसमेत जनाएका छन् । उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘अवसरवादी अहंकारी र स्वार्थी बुढाहरूलाई छोडेर अब आन्दोलन नयाँ शिराबाट आउनेछ । साँच्चैका स्वतन्त्र नागरिकहरू, जुनसुकै पार्टीमा भए पनि कुनै पनि पार्टीमा नभए पनि चाँडै हुने राष्ट्रिय स्वाधीनताको विद्रोह एउटा वैश्विक महत्त्वको ऐतिहासिक शान्तियुद्ध अवसरवादी र अहंकारी बुढाहरूले नगर्ने भए ।’

    नेपालको यो अभिव्यक्तिसँगै राजसंस्था पुन:स्थापनाका लागि भन्दै नवराज सुवेदीको संयोजकत्वमा गठित संयुक्त जनआन्दोलन समिति फुटेको बुझ्न सकिन्छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend