२०८३ श्रावण ११ गते सोमवार

images
  • सेयर बजार
  • नेप्सेका कर्मचारीको मिलोमतोमा पुँजी बजारमा इन्साइडर...

नेप्सेका कर्मचारीको मिलोमतोमा पुँजी बजारमा इन्साइडर ट्रेडिङ हुने गरेको पूर्वअर्थमन्त्री महतको दाबी

नेप्सेका कर्मचारीको मिलोमतोमा पुँजी बजारमा इन्साइडर ट्रेडिङ हुने गरेको पूर्वअर्थमन्त्री महतको दाबी

सहर्ष न्युज
शुक्रवार, श्रावण २५ २०८१
सहर्ष न्युज
शुक्रवार, श्रावण २५ २०८१
  • काठमाडौं । पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले नेप्सेभित्र काम गर्ने कर्मचारीकै मिलोमतोमा पुँजीबजारमा इन्साइडर ट्रेडिङ हुने गरेको दाबी गरेका छन् ।

    बिहीवार प्रतिनिधि सभा अन्तर्गतको अर्थसमितिको बैठकमा बोल्दै पूर्वअर्थमन्त्री डा. महतले यस्तो दाबी गरेका हुन्।

    उनले आफू अर्थमन्त्री भएको बेलामा धितोपत्र बोर्डले नेप्सेमा भित्रका सूचना लिएर (इन्साइडर ट्रेडिङ) हुने गरेको बोर्डले जानकारी दिएको बताए। नेप्सेमा लिष्टेड भएका कम्पनीका मान्छे नेप्सेको कर्मचारी रहेको उनीहरुसँगकै सूचनाका आधारमा बजारमा इन्साइडर ट्रेडिङ कारोबार हुने गरेको धितोपत्र बोर्डकै अध्ययनबाट देखिएको उनको भनाइ छ।

    उनले धिातोपत्र बोर्डको अध्ययनले त्यस्तो अपारदर्शी कारोबार भएकाले देखाएकाले नियमक निकायका हैसियतमा तत्काल नियमन गर्नुपर्ने बताए। उनले यस्तो कारोबारमा बोर्डले हस्तक्षेप र निगरानी गर्न जरुरी रहेको बताए। डा. महतले आफू अर्थमन्त्री भएको समयमा यस्तो थाहा पाएको र छानबिन समिति बनाएर काम गरेको तर पछि सरकार फेरिए पछि अन्योल रहेको भन्दै नियमन गर्न बोर्डलाई आग्रह गरे।

    शेयर बजारले अर्थतन्त्र धानेको छ भन्नु गलत भएको उनले उल्लेख गरे। उनले पुँजी बजारले अर्थतन्त्र धान्नु भन्दा पनि कतैकतै चलखेल हुने गरेको बताए। उनले अहिले बनेको सरकारका कारण पनि बजार बढेको भन्दै यसलाई स्थायी बनाईराख्न चुनौतिपूर्ण रहेको बताए। उनले बोर्डमा स्थायी अध्यक्ष बन्ने प्रकृया अघि बढेपनि अहिले रोकिनु राम्रो नभएको बताए।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend