२०८३ भाद्र २८ गते आइतवार

images
  • राजनीति
  • विचाराधीन विधेयकलाई यथाशीघ्र टुङ्गोमा पुर्‍याउने विषयमा...

विचाराधीन विधेयकलाई यथाशीघ्र टुङ्गोमा पुर्‍याउने विषयमा सत्तापक्षीय दलको छलफल

विचाराधीन विधेयकलाई यथाशीघ्र टुङ्गोमा पुर्‍याउने विषयमा सत्तापक्षीय दलको छलफल

सहर्ष न्युज
मंगलवार, चैत्र ११ २०८१
सहर्ष न्युज
मंगलवार, चैत्र ११ २०८१
  • काठमाडौं ।  सत्तापक्षीय दलका शीर्ष नेताको आजको बैठकमा सङ्घीय संसदमा विचारधीन विधेयकहरुलाई संसदीय प्रक्रियाबाट यथाशीघ्र टुङ्गोमा पुर्‍याउन पहल गर्ने विषयमा छलफल भएको छ।

    प्रधानमन्त्री निवास बालुवाटरमा भएको बैठकमा विचारधीन विधेयकलाई चाँडै अघि बढाउने विषयमा छलफल भएको हो। बैठकमा भूमिसम्बन्धी अध्यादेशमा राजनीतिक सहमति जुटाउनेलगायत समसामायिक विषयमा छलफल भएको थियो। 

    बैठकमा प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष डा सिके राउत, जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राई, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठलगायत सहभागी हुनुहुन्थ्यो।  

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend