२०८३ श्रावण १२ गते मंगलवार

images

पहुँचको नभई पद्धतिको थिति बसाल्ने प्रयत्न गर्ने प्रहरी महानिरीक्षक थापाको प्रतिबद्धता

पहुँचको नभई पद्धतिको थिति बसाल्ने प्रयत्न गर्ने प्रहरी महानिरीक्षक थापाको प्रतिबद्धता

सहर्ष न्युज
मंगलवार, चैत्र ४ २०८१
सहर्ष न्युज
मंगलवार, चैत्र ४ २०८१
  • काठमाडौँ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक [आइजिपी] दीपक थापालाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।

    मङ्गलवार बिहान गृह मन्त्रालयमा एक समारोहका बिच गृह सचिव गोकर्णमणि दुवाडीले प्रहरी महानिरीक्षक थापालाई दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको हो । सोमवार बालुवाटारमा बसेको मन्त्रीपरिषद् बैठकले थापालाई प्रहरी महानिरीक्षकमा नियुक्ति गरेको थियो । नियुक्तिसँगै थापा नेपाल प्रहरीको ३१ औँ आइजिपी बन्नुभएको छ । दर्ज्यानी चिन्ह ग्रहण गरेपछि बोल्दै महानिरीक्षक थापाले आफूले पहुँचको नभई पद्धतिको थिति बसाल्न प्रयत्न गर्ने बताउनु भयो । अपराधको रोकथाम र अनुसन्धान कुनै पनि बहाना र विकल्प बिना अघि बढाउने प्रतिबद्धता जनाउनु भयो । देशको आन्तरिक सुरक्षा थप सुदृढ बनाइ नागरिकमा अमन चयन र कानुनी राज्यको प्रत्याभूति दिलाउन आफूले पहल गर्ने बताउनु भयो । 

    कार्यक्रममा बोल्दै गृह सचिव गोकर्णमणि दुवाडीले नेपाल प्रहरीको श्रीवृद्धि गराउँदै मुलुकको शान्ति, सुरक्षा, सुव्यवस्था, सुशासन र अमन चयन कायम गरी सुखी नेपाली र समृद्ध नेपालको लक्ष्यका लागि काम गर्न आग्रह गर्नुभयो । उहाँले आफ्नो जिम्मेवारीलाई निष्ठापूर्वक, इमानदारिताका साथ पूरा गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले शान्ति सुरक्षा र सुव्यवस्थाको विषय देखिने विषय मात्रै नभई अनुभूत गर्ने विषय भएकाले आम नागरिकले अनुभूति गर्ने गरी शान्ति सुव्यवस्था कायम गर्नु सबैको कर्तव्य भएको बताउनु भयो । 

    आम नागरिकका अपेक्षा पूरा गर्न सरकार क्रियाशील रहेको बताउनु भयो । उहाँले सरकारप्रति नकारात्मक धारणा आइरहेको अवस्थामा सुरक्षा चुनौती पनि थपिरहेको बताउनु भयो । सडक दुर्घटना न्यूनीकरण, लागूपदार्थ दुर्व्यसनका घटना न्यूनीकरण गर्न,साइबर अपराधका घटनाहरूको न्यूनीकरण जरुरी रहेको बताउनु भयो । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend