२०८३ श्रावण १० गते आइतवार

images
  • राजनीति
  • मुलुकको आर्थिक अवस्था हेरेर तलब बढाऊ...

मुलुकको आर्थिक अवस्था हेरेर तलब बढाऊ भनेर फैसला नगर्न होला : प्रधानमन्त्री ओली

मुलुकको आर्थिक अवस्था हेरेर तलब बढाऊ भनेर फैसला नगर्न होला : प्रधानमन्त्री ओली

सहर्ष न्युज
शनिवार, श्रावण १९ २०८१
सहर्ष न्युज
शनिवार, श्रावण १९ २०८१
  • सहर्ष न्युज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको आर्थिक क्षमता कमजोर रहेकाले अवस्था हेरेर न्यायालयले फैसला गर्न पर्ने बताएका छन् ।

    सिंहदरबारमा शुक्रबार साँझ नेपाल बार एसोसिएसनका प्रतिमण्डलसँग भएको छलफलका क्रममा प्रधानमन्त्री ओलीले अर्थतन्त्रको स्थिति नहेरी गरिने फैसला कार्यान्वयन गर्न नसकिने बताएका हुन् ।

    छलफलका क्रममा एक उदाहरण दिंदै उनले अर्थतन्त्रको स्थिति तनखा बढाउन सक्ने खालको छैन भने यतियति तलब बढाऊ भनेर तिथिमिति तोकेर फैसला आएमा कार्यान्वयन गर्न व्यवहारिकरुपमा समस्या हुने टिप्पणी गरे ।

    उनले न्यायालयको पुनर्संरचना र सुधार गर्दा सम्बन्धित सबैको आनीबानी र व्यवहारमा पनि पुनर्संरचना गर्नुपर्ने बताए ।

    अर्को प्रशंगमा उनले सरकारले संविधान संशोधन गरेर प्रतिगमन ल्याउँछ भन्ने खालका भ्रममा विश्वास नगर्न कानुन व्यवसायीलाई आग्रह गरे ।

    जनताको आवश्यकता अनुसार दुई तिहाइ सांसदले संविधान संशोधन गर्न सक्ने व्यवस्था संविधानमै गरिएकाले जनमतप्रति विश्वस्त रहन उनले आग्रह गरे ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend