२०८३ भाद्र २७ गते शनिवार

images
  • राजनीति
  • देउवाको हस्ताक्षर भएको काँग्रेसको प्रेस विज्ञप्तीले...

देउवाको हस्ताक्षर भएको काँग्रेसको प्रेस विज्ञप्तीले सत्तापक्षका दलबीच हलचल

देउवाको हस्ताक्षर भएको काँग्रेसको प्रेस विज्ञप्तीले सत्तापक्षका दलबीच हलचल

सहर्ष न्युज
आइतवार, पौष २८ २०८१
सहर्ष न्युज
आइतवार, पौष २८ २०८१
  • काठमाडौं । नेपाली कांग्रेसले पार्टी सभापति शेरबहादुर देउवाको हस्ताक्षरसमेत भएको मिथ्या (फेक) प्रेस विज्ञप्ति सार्वजनिक भएपछि गठबन्धन सरकारबारे अन्योल सिर्जना गर्ने कार्य भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सभापति देउवाको नामबाट अध्यादेशसम्बन्धमा मिथ्या प्रेस विज्ञप्ति सामाजिक सञ्जालमा देखिएपछि कांग्रेसले जारी गरेको विज्ञप्तिमा सो कुरा उल्लेख छ । 

    पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले हस्ताक्षर गर्नुभएको ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘‘नेपाली राजनीतिलाई तरङ्गित गर्ने, गठबन्धनको सरकारकाबारे अन्यौल सृजना गरी नेपाली जनतालाई दिगभ्रमित गर्ने कुत्सित मनसायबाट नेपाली कांग्रेस पार्टी सभापतिको नामबाट नक्कली प्रेस वक्तव्य विभिन्न सामाजिक सञ्जालहरूमा सम्प्रेषित भएकोमा हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ ।’’

    ‘‘हतास मनस्थितिबाट गरिएका यस्ता घृणित कार्यको निन्दा गर्दै त्यस्ता गैरकानूनी कार्यमा संलग्न जो कसैलाई कानूनी दायरामा ल्याउन सम्बन्धित निकायसँग नेपाली कांग्रेस जोडदार माग गर्दछ । साथै, यस्ता भ्रमित गतिविधिबाट प्रभावित नहुन सबैमा नेपाली कांग्रेस अनुरोध गर्दछ ।’’ सो पत्रमा भनिएको छ । 

     

     

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend