२०८३ भाद्र २८ गते आइतवार

images
  • बैंक वित्त
  • अमेरिकी डलरको अहिलेसम्मकै उच्च मूल्यमा कारोबार,...

अमेरिकी डलरको अहिलेसम्मकै उच्च मूल्यमा कारोबार, विक्रीदर मूल्य १३४ रुपियाँ १५ पैसा

अमेरिकी डलरको अहिलेसम्मकै उच्च मूल्यमा कारोबार, विक्रीदर मूल्य १३४ रुपियाँ १५ पैसा

सहर्ष न्युज
शनिवार, श्रावण ५ २०८१
सहर्ष न्युज
शनिवार, श्रावण ५ २०८१
  • सहर्ष न्युज, काठमाडौं । अमेरिकी डलरको मूल्य अहिलेसम्मकै उच्च मूल्यमा कारोबार भएको छ । नेपाल राष्ट्र बैङ्कले शुक्रवारका लागि एक अमेरिकी डलरको विक्रीदर मूल्य १३४ रुपियाँ १५ पैसा तोकेको छ । त्यस्तै खरिददर मूल्य १३३ रुपियाँ ५५ पैसा रहेको छ । जुन अहिलेसम्मकै उच्च हो ।

    डलरको मूल्यमा नयाँ नयाँ रेकर्ड ब्रेक भइरहँदा नेपाली मुद्राको अहिलेसम्मकै अबमूल्यन भएको छ ।

    भारतीय मुद्रा कमजोर हुँदा डलरको मूल्य बढेर नेपाली रुपियाँ सबैभन्दा सस्तो दरमा झरेको हो । नेपाली रुपियाँ र भारतीय मुद्राबिच स्थिर विनिमय दर कायम रहेको छ ।

    अमेरिकी डलरको मूल्यवृद्धि भइरहँदा नेपाल भित्रिने रेमिट्यान्सका लागि सकारात्मक प्रभाव पर्ने भए पनि आयातदेखि अन्तर्राष्ट्रिय ऋणको ब्याज र साँवालाई असर गर्ने विश्लेषक बताउँछन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend