२०८३ भाद्र २७ गते शनिवार

images
  • समाचार
  • वित्तीय सेवाप्रति ग्राहकको सन्तुष्टलाई केन्द्रमा राखेर...

वित्तीय सेवाप्रति ग्राहकको सन्तुष्टलाई केन्द्रमा राखेर राष्ट्र बैंकले देशव्यापी सर्वेक्षण सुरु गर्ने

वित्तीय सेवाप्रति ग्राहकको सन्तुष्टलाई केन्द्रमा राखेर राष्ट्र बैंकले देशव्यापी सर्वेक्षण सुरु गर्ने

सहर्ष न्युज
बिहिवार, आषाढ १८ २०८३
सहर्ष न्युज
बिहिवार, आषाढ १८ २०८३
  • काठमाडौं । नेपाल राष्ट्र बैंकले वित्तीय सेवाप्रति ग्राहकको सन्तुष्टिको स्तर मापन गर्न ग्राहक सन्तुष्टि सर्वेक्षण–२०८३ सञ्चालन गर्ने भएको छ।

    राष्ट्र बैंकले सार्वजनिक सूचना जारी गर्दै ७७ वटै जिल्लाका सबै प्रकारका स्थानीय तह समेटेर ‘र्‍यान्डम स्याम्पलिङ’ विधिबाट वडा छनोट गरी १० हजार ४०५ नमूना सङ्कलन गरिने जनाएको छ।

    सर्वेक्षणमार्फत वित्तीय सेवाको पहुँच, सेवा गुणस्तर, पारदर्शिता, गुनासो व्यवस्थापन, वित्तीय ग्राहक संरक्षण तथा समग्र वित्तीय सेवाप्रति ग्राहकहरूको धारणा र अनुभव सङ्कलन गरिने राष्ट्र बैंकले जनाएको छ।

    राष्ट्र बैंकका अनुसार सर्वेक्षणबाट प्राप्त नतिजाले वित्तीय ग्राहक संरक्षण, सेवा प्रवाहको गुणस्तर अभिवृद्धि तथा सम्बन्धित नीति, कार्यक्रम र नियामकीय व्यवस्थामा आवश्यक सुधार गर्न महत्त्वपूर्ण आधार प्रदान गर्ने अपेक्षा गरिएको छ।

    सर्वेक्षणलाई प्रभावकारी, विश्वसनीय र यथार्थपरक बनाउन तथ्याङ्क सङ्कलनका क्रममा सही तथा निष्पक्ष जानकारी उपलब्ध गराई सहयोग गर्न राष्ट्र बैंकले सरोकारवाला निकाय तथा सर्वसाधारणलाई आग्रह गरेको छ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend