२०८३ भाद्र २८ गते आइतवार

images
  • बैंक वित्त
  • समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकका बचतकर्ताको मंगलबारबाट...

समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकका बचतकर्ताको मंगलबारबाट भुक्तानी पाउने

समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकका बचतकर्ताको मंगलबारबाट भुक्तानी पाउने

सहर्ष न्युज
आइतवार, पौष १४ २०८१
सहर्ष न्युज
आइतवार, पौष १४ २०८१
  • काठमाडौं । राष्ट्र बैंकद्वारा समस्याग्रस्त घोषित कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडका बचतकर्ताको बचत रकम मंगलबारदेखि भुक्तानी दिने तयारी गरिएको छ । बैंकमा समस्या आउनासाथ राष्ट्र बैंकले व्यवस्थापनको जिम्मा लिएकाले बचतकर्ताको रकम जोखिममा नपर्ने भन्दै बचतकर्ताको आवश्यकतालाई हेरेर भुक्तानी गरिने समस्या व्यवस्थापन समूहका संयोजक एवम् बैंक तथा वित्तीय संस्था नियमन विभागका उपनिर्देशक टीकाराम खतिवडाले बताए ।

    बिहीबारदेखिनै स्थलगत अध्ययन सुरु गरेको उक्त समूहले बैंकका सबै शाखा र केन्द्रीय कार्यालयको अवस्थाको जानकारी लिएको छ । अन्य बैंकहरुसँग सहकार्य गरेर बचतकर्ताको रकम फिर्ता गर्ने तयारी भएको छ । पहिलो चरणमा बचतकर्तालाई वितरण गरिने बताइएको छ ।


    ‘फिक्स डिपोजिट’ ९मुद्दती० बचतकर्तालाई अन्तिममा पैसा भुक्तानी दिने तयारी भएको समस्या व्यवस्थापन समूहले जनाएको छ । राष्ट्र बैंकले व्यवस्थापनको अधिकार लिएपछि संस्था अब नडुब्ने उनले आश्वासन दिए ।

    बैंकको वस्तुस्थिति र दायित्वको अवस्थासँगै यसका सुविधाका विषयमा पनि अध्ययन हुने छ । नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजत प्राप्त गरी बाँके, बर्दिया र दाङ जिल्लामा शाखा रहेको यस बैंकमा करिब ४० देखि ५० हजार बचतकर्ता छन् । 

    उनीहरुले करिब साढे पाँच अर्ब रुपैयाँ बराबर बचत गरेका छन् भने बैंकले झन्डै साढे तीन अर्ब बराबर कर्जा वितरण गरेको व्यवस्थापन समूहका संयोजक खतिवडाले बताए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend