२०८३ भाद्र २८ गते आइतवार

images
  • पर्यटन
  • हेली एभरेस्टको हेलिकोप्टरमा आकस्मिक अवतरण, विमानमा...

हेली एभरेस्टको हेलिकोप्टरमा आकस्मिक अवतरण, विमानमा सवार सबै सुरक्षित

हेली एभरेस्टको हेलिकोप्टरमा आकस्मिक अवतरण, विमानमा सवार सबै सुरक्षित

सहर्ष न्युज
आइतवार, पौष १४ २०८१
सहर्ष न्युज
आइतवार, पौष १४ २०८१
  • काठमाडौं । भक्तपुरको साँगामा हेली एभरेस्टको हेलिकोप्टरमा चरा ठोक्किएपछि आकस्मिक अवतरण भएको छ ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाले उडिरहेको हेलिकोप्टरमा चरा ठोक्किएपछि आकस्मिक अवतरण गर्नुपरेको जानकारी दिनुभयो ।

    प्रवक्ता शेर्पाले हेलिकोप्टरमा चरा ठोक्किए पनि पाइलट र विमानमा सवार यात्रु सुरक्षित रहेको बताउनुभयो । उक्त विमानमा ६ जना यात्रु सवार थिए ।

    उहाँले भन्नुभयो, ‘‘विमानमा अन्य कुनै समस्या नभएको, चरा ठोक्किएका कारण पाइलटले हेलिकोप्टरलाई आकस्मिक अवतरण गर्नुभएको हो । पाइलटसहित विमानमा सवार सबै यात्रु सुरक्षित हुनुहुन्छ ।’’ उक्त हेलिकोप्टर लुक्लाबाट काठमाडौं आउँदै गरेको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend