२०८३ श्रावण १५ गते शुक्रवार

images
  • समाचार
  • ब्रोड पिकमा बेपत्ता ४ आरोहीको शव...

ब्रोड पिकमा बेपत्ता ४ आरोहीको शव फेला, अन्यको खोजी हुँदै

ब्रोड पिकमा बेपत्ता ४ आरोहीको शव फेला, अन्यको खोजी हुँदै

शुक्रवार, श्रावण १५ २०८३
शुक्रवार, श्रावण १५ २०८३
  • काठमाडौं । पाकिस्तानको ब्रोड पिक हिमाल आरोहणको क्रममा हिमपहिरोमा बेपत्ता भएका १० आरोहीमध्ये चार जनाको शव फेला परेको छ।

    सीएनएनले चार जनाको शव फेला पारेको उल्लेख गरे पनि शवको पहिचान नभएको जनाएको छ। बेपत्ता नेपाली आरोहीमा विश्वप्रसिद्ध नेपाली पर्वतारोही  निर्मल पुर्जा ‘निम्स दाइ’ पुरबहादुर गुरुङ ‘युक्त’, किली पेम्बा शेर्पा ‘किलु’, निमा शेर्पा, न्वाङ थिन्दु शेर्पा र ग्यालु शेर्पा रहेका छन्। यस्तै अमेरिकी नागरिक म्यालोरी गाइस, साथै ओमान र पाकिस्तानका पर्वतारोही छन्।अल्पाइन क्लबका महासचिव अयाज अहमद शिग्रीले चार जना पर्वतारोहीको सम्भावित स्थान जीपीएसमार्फत देखिएको बताएका छन्।

    यसैबीच , सरकारले ब्रोड पिकमा बेपत्ता आरोहीको खोजी गर्न सम्बन्धित निकायसँग आग्रह गरेको छ । पाकिस्तानको काराकोरम हिमशृङ्खलामा अवस्थित ८,०४७ मिटर अग्लो ब्रोड पिक आरोहणका क्रममा हिमपहिरोमा परी नेपालीसहित विभिन्न देशका पर्वतारोही बेपत्ता भएको घटनाप्रति संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गहिरो दुःख व्यक्त गर्दै खोजीका निम्ति आग्रह गरेको हो ।

    पर्यटन विभागले आज जारी गरेको प्रेस विज्ञप्तिअनुसार साउन १४ गतेको हिमपहिरोपछि बेपत्ता भएका आरोहीहरूको शीघ्र खोज तथा उद्धारका लागि आवश्यक पहल र समन्वय गर्न सरोकार भएका सबैसँग आग्रह गरिएको छ ।

    बेपत्ता नेपाली आरोहीहरूको खोज तथा उद्धारका लागि पाकिस्तानस्थित नेपाली दूतावासमार्फत पाकिस्तान सरकारसँग निरन्तर समन्वय भइरहेको विभागले जनाएको छ । साथै, खोज तथा उद्धार कार्यसम्बन्धी आधिकारिक जानकारीका लागि सम्बन्धित निकायबाट जारी सूचनामात्र विश्वास गर्न पनि विभागले अनुरोध गरेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend