२०८३ भाद्र २८ गते आइतवार

images

प्रसिद्ध दोलखा भीमेश्वर मन्दीरको शिलामा दुई घण्टा देखि निरन्तर पसिना, मुलुकमा अनिष्ट हुने संकेत

प्रसिद्ध दोलखा भीमेश्वर मन्दीरको शिलामा दुई घण्टा देखि निरन्तर पसिना, मुलुकमा अनिष्ट हुने संकेत

सहर्ष न्युज
शनिवार, श्रावण ५ २०८१
सहर्ष न्युज
शनिवार, श्रावण ५ २०८१
  • सहर्ष न्युज, काठमाडौं । प्रसिद्ध दोलखा भीमेश्वरको सिलामा दुई घण्टा देखि निरन्तर पसिना आएको छ । सिलामा पसिना आउँदा मुलुकमा अनिष्ट हुने सूचकका रुपमा हेरिने जनविश्वासका कारण राष्ट्र प्रमुख र सरकारले क्षमा पूजा पठाउने चलन छ ।

    भीमेश्वर मन्दिरको गुठी तथा पूजा व्यवस्थापन समितिका अध्यक्ष भरत बहादुर श्रेष्ठका अनुसार शनिबार दिउँसो १ः४७ देखि सिलाको बायाँ भागबाट निरन्तर पसिना बगिरहेको छ।

    पसिना आएको खबर पछि मन्दिरमा सर्वसाधारणको भिड लागेको छ। मानिसहरु मन्दिर भित्र पसेर घण्ट बजाइरहेका छन्। सिला एक्कासि चम्किलो भएर तप(तप बग्न सुरु गरेको पसिना दुई घण्टा देखि निरन्तर रहेको स्थानीयले बताएका छन्।

    सिलामा पसिना आउँदा अनिष्टको सूचकका रुपमा लिने जनविश्वास छ। अध्यक्ष श्रेष्ठले जिल्ला प्रशासन मार्फत सरकार र राष्ट्रपतिलाई खबर पुर्‍याइने जानकारी दिए।

    सिलाको पसिनालाई सेतो कपासले पुछ्ने चलन छ। पसिना पुछिएको कपास महाप्रसादका रुपमा राष्ट्र प्रमुख र सर्वसाधारणलाई पठाईने गरिन्छ। कपास राख्दा रोगब्याधी नलाग्ने, चिताएको कुरा पुग्ने विश्वास गरिन्छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend