२०८३ भाद्र २७ गते शनिवार

images
  • समाचार
  • आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा,...

आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा, सरकारी कार्यालय सोमबारदेखि मात्रै खुल्ने

आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा, सरकारी कार्यालय सोमबारदेखि मात्रै खुल्ने

सहर्ष न्युज
बिहिवार, जेठ १४ २०८३
सहर्ष न्युज
बिहिवार, जेठ १४ २०८३
  • काठमाडौँ । आज बिहीबारदेखि देशभर लगातार चार दिन सार्वजनिक बिदा सुरु भएको छ । गृह मन्त्रालयको निर्णय तथा पूर्वनिर्धारित सार्वजनिक बिदा तालिकाअनुसार सरकारी कार्यालय, सार्वजनिक निकाय तथा अधिकांश संस्थानहरू आइतबारसम्म बन्द रहने भएका हुन् ।

    आज जेठ १४ गते इस्लाम धर्मावलम्बीहरूको महान् पर्व बकर इद (इद–उल–अज्हा) का अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिएको हो ।

    त्यसैगरी, भोलि जेठ १५ गते गणतन्त्र दिवस परेको छ । गणतन्त्र दिवसको अवसरमा पनि सरकारले यसअघि नै राजपत्रमा सूचना प्रकाशित गर्दै सार्वजनिक बिदा दिने निर्णय गरिसकेको छ ।

    त्यसपछि जेठ १६ गते शनिबार र जेठ १७ गते आइतबार नियमित साप्ताहिक बिदा परेकाले लगातार चार दिन सरकारी सेवा प्रभावित हुने भएको छ ।

    अब सरकारी कार्यालय तथा सार्वजनिक निकायहरू सोमबारदेखि मात्रै नियमित रूपमा सञ्चालनमा आउनेछन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend