२०८३ भाद्र २८ गते आइतवार

images

ताप्लेजुङमा ६ मेट्रिकटनले बढ्यो धान उत्पादन

ताप्लेजुङमा ६ मेट्रिकटनले बढ्यो धान उत्पादन

सहर्ष न्युज
सोमवार, पौष ८ २०८१
सहर्ष न्युज
सोमवार, पौष ८ २०८१
  • ताप्लेजुङ : यस वर्ष ताप्लेजुङमा धान उत्पादनमा वृद्धि भएको छ। गत वर्षको तुलनामा यस वर्ष धान उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्रले जनाएको छ।  

    केन्द्रका अनुसार मौसम अनुकूलतासँगै बालीलाई पानी चाहिने समयमा वर्षा भएकाले उत्पादनमा सुधार आएको हो। यो वर्ष पाँच सय ५३ हेक्टर क्षेत्रफलमा धान खेती गरिएकामा १५ हजार आठ सय ३२ मेट्रिकटन उत्पादन भएको केन्द्रका प्रमुख सन्तोष थापा मगरले बताए। यो अघिल्लो वर्षको तुलनामा ६ मेट्रिकटनले बढी हो।

    यो वर्षको उत्पादनबाट ताप्लेजुङका किसान उत्साहित भएका जनाउँदै उनले स्थानीयस्तरमा खाद्य सुरक्षा सुनिश्चित गर्न मद्दत मिलेको बताए। अझ अधिक उत्पादनका निम्ति किसानलाई उन्नत बीउ, मलखाद र यन्त्रको उपयोगमा जोड दिन सुझाउने उनले बताए।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend