२०८३ भाद्र २८ गते आइतवार

images

नेपाल प्रिमियर लिगको उपाधि जनकपुर बोल्ट्सको पोल्टामा

नेपाल प्रिमियर लिगको उपाधि जनकपुर बोल्ट्सको पोल्टामा

सहर्ष न्युज
शनिवार, पौष ६ २०८१
सहर्ष न्युज
शनिवार, पौष ६ २०८१
  • काठमाडौँ । अमेरिकी ब्याट्सम्यान लाहिरु मिलान्थाले अर्धसतकीय पारी खेलेपछि नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधि जनकपुर बोल्ट्सले जितेको छ ।

    कीर्तिपुरस्थित त्रिवि मैदानमा शनिबार भएको फाइनल खेलमा जनकपुरले सुदुरपश्चिम रोयल्सलाई पाँच विकेटले हरायो । जितसँगै जनकपुरले एक करोड १० लाख रुपियाँ सुनिश्चित गरेको छ । उपविजेता सुदूरपश्चिमले ५१ लाख रुपियाँमा चित्त बुझाएको छ । 

    जितका लागि ए कसय ८५ रनको लक्ष्य पछ्याएको जनकपुरले १९.२ ओभरमा पाँच विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो । जनकपुरका लागि सर्वाधिक ८७ रन बनाउनुभयो । उहाँले ४९ बलमा नौ चौका र चार छक्काको सहयोगमा उक्त रन बनाउनुभएको हो ।

    यससँगै मालिन्था एनपिएलमा सर्वाधिक दुई सय ९३ रन बनाउने पहिलो ब्याट्सम्यान समेत बन्नुभएको छ ।कप्तान आरिफ शेखले ३३ र हर्ष थाकरले अविजित ३० रन बनाउनुभयो । 

    यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ८४ रन बनाएको थियो ।

    सुदूरपश्चिमका लागि सईफ जैवले अर्धशतकीय इनिङ्स खेल्नुभयो । जैवले ६९ रन बनाउनुभयो । उहाँले ४३ बला आठ चौका र दुई छक्काको सहयोगमा उक्त रन बनाउनुभएको हो । विनोद भण्डारीले ४१ रन बनाउनुभयो ।

    उहाँले ३१ बलमा एक चौका तीन छक्काको सहयोगमा उक्त रन जोड्नुभएको हो । पहिलो विकेटका लागि जैव र भण्डारीले एक सय १७ रनको साझेदारी गर्नुभएको थियो ।

    यस्तै हर्मित सिंह र ब्रान्डन म्याकमुलनले १४/१४, स्कट कुग्लेजिनले १३, कप्तान दीपेन्द्रसिंह ऐरीले नौ, नरेश बुढाऐरले आठ र इशान पाण्डेले ६ रन नाउनुभयो । 

    बलिङमा जनकपुरका मोहमद मोसिन र किशोर महतोले तीन तीन विकेट लिनुभयो । यस्तै ललित राजवंशी र जेम्स निसमले एक एक विकेट लिनुभयो ।

    जनकपुरले सुदूरपश्चिमसँग यसअघि दुई खेलमा हारेको बदला समेत लिएको छ । यसअघि जनकपुर सुदूरपश्चिमसँग लिग चरणमा ७२ रन र पहिलो क्वालिफायरमा आठ विकेटले पराजित भएको थियो । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend