२०८३ श्रावण २२ गते शुक्रवार

images
  • प्रमुख समाचार
  • इन्फान्टिनोमाथि युइएफएको अविश्वास कायम, विश्वकप बहिष्कारको...

इन्फान्टिनोमाथि युइएफएको अविश्वास कायम, विश्वकप बहिष्कारको चेतावनी यथावत्

इन्फान्टिनोमाथि युइएफएको अविश्वास कायम, विश्वकप बहिष्कारको चेतावनी यथावत्

शुक्रवार, श्रावण २२ २०८३
शुक्रवार, श्रावण २२ २०८३

  • काठमाडौँ। युरोपेली फुटबल महासंघ (युइएफए) ले फिफा अध्यक्ष जियानी इन्फान्टिनोप्रति आफ्नो अविश्वास कायमै रहेको स्पष्ट पारेको छ। इन्फान्टिनोले विश्वकपलगायतका प्रमुख प्रतियोगिताको व्यावसायिक अधिकार निजी लगानीकर्तालाई बेच्ने योजना फिर्ता लिए पनि त्यसले आफ्नो धारणा नबदलिएको युइएफएले जनाएको हो।

    युइएफएका अनुसार प्रस्ताव फिर्ता लिनु मात्रै पर्याप्त छैन, भविष्यमा फुटबलको संरचना र प्रतिस्पर्धाको मूल्यलाई असर गर्ने यस्ता प्रयास दोहोरिने छैनन् भन्ने स्पष्ट प्रतिबद्धता आवश्यक छ। ती सर्त पूरा नभएसम्म फिफा नेतृत्वप्रति विश्वास पुनःस्थापित हुन नसक्ने महासंघको भनाइ छ। यसअघि इङ्ग्ल्यान्ड फुटबल संघ (एफए) ले पनि इन्फान्टिनोप्रतिको समर्थन फिर्ता लिएको थियो।

    विवादित प्रस्तावअनुसार फिफाले आफ्नो सहायक कम्पनीमार्फत विश्वकपसहितका प्रतियोगितामा निजी लगानी भित्र्याउने योजना अघि सारेको थियो। व्यापक विरोधपछि योजना रोकिएको भए पनि युइएफाले घटनाबारे अझै पारदर्शी जवाफ मागिरहेको छ। प्रस्ताव कसरी तयार भयो, त्यसमा को–को संलग्न थिए र निर्णय प्रक्रिया कति पारदर्शी थियो भन्ने प्रश्न अझै अनुत्तरित रहेको युइएफाको धारणा छ।

    फिफाले प्रक्रिया सञ्चालनमा कमजोरी भएको स्वीकार गर्दै सदस्य राष्ट्रहरूलाई पर्याप्त जानकारी नदिइएकोमा क्षमा मागेको छ। तर युइएफाले फिफाभित्रकै पदाधिकारीहरूको समर्थनले विवाद समाप्त नहुने भन्दै स्वतन्त्र र स्पष्ट जवाफ आवश्यक रहेको दोहोर्याएको छ।

    युइएफाको चेतावनीले युरोपेली राष्ट्रहरू र फिफाबीचको सम्बन्ध अझ तनावपूर्ण बन्न सक्ने संकेत दिएको छ। आवश्यक जवाफ नआए भविष्यमा विश्वकपसहितका अन्तर्राष्ट्रिय प्रतियोगितामा युरोपेली देशहरूको सहभागितामै प्रश्न उठ्न सक्ने चर्चा पनि बढ्न थालेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend