२०८३ भाद्र २८ गते आइतवार

images
  • बैंक वित्त
  • बैंकहरू कठिन परिस्थितिमा चलिरहेका गभर्नर अधिकारीको...

बैंकहरू कठिन परिस्थितिमा चलिरहेका गभर्नर अधिकारीको खुलासा

बैंकहरू कठिन परिस्थितिमा चलिरहेका गभर्नर अधिकारीको खुलासा

सहर्ष न्युज
बिहिवार, पौष ४ २०८१
सहर्ष न्युज
बिहिवार, पौष ४ २०८१
  • काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पछिल्लो समय बैंकहरू कठिन परिस्थितिमा चलिरहेका खुलासा गरेका छन् । बैंकहरुले आफ्नो अवस्था मजबुद भइरहेको दाबी गरिरहेकै बेला गभर्नर अधिकारीले यस्तो खुलासा गरेका हुन् । 

    नेपाल बैंकर्स संघको साधारणसभालाई सम्बोधन गर्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन्। उनले बैंकहरूले ऋणीहरूसँग ऋणको सावाँ समेत ब्याज उठ्न नसक्दा बैंकहरू समस्यामा रहेको उल्लेख गरे।

    'बैंकले ऋणको साँवा ब्याज उठेको छैन, हामी यो कठिन परिस्थितिमा बाँचेका छौं। तर, प्रोभिजनले आत्तिने स्थिति सिर्जना हुनबाट बचेको छ,’ उनले भने।

    गभर्नर अधिकारीले बैंकिङ क्षेत्रमा वित्तीय कारोबारको काम गर्दा प्रशस्त चुनौतीहरू रहेको बताए। उनले राष्ट्र बैंकको नीति वित्तीय स्थायित्व र आर्थिक वृद्धि गर्न सघाउने खालका रहेको दाबी गरे। उनले बैंकिङ क्षेत्रप्रति राष्ट्र बैंक गौरव गर्ने भन्दै नेपालको बैंकिङ अभ्यास पारदर्शी रहेको बताए।

    उनले पछिल्लो समय बैंकभन्दा बाहिरको समस्याले चुनौती थपेको उल्ल्लेख गरे। उनले बैंकहरूमा पछिल्लो समय पुँजी राम्रो भए पनि निष्क्रिय कर्जा बढेको बताए । 'पछिल्लो समय बैंकभन्दा बाहिरको समस्याले चुनौती थपेको हो। पुँजी राम्रो भए पनि निष्क्रिय कर्जा बढेको छ,' उनले भने।

    गभर्नर अधिकारीले राष्ट्र बैंकले व्यवस्था गरेको प्रोभिजनले बैंकहरूलाई बलियो बनाउँदै बैंकलाई बचाउन मद्दत गर्ने बताए। उनले प्रोभिजनको व्यवस्थाले बैंकहरू आत्तिने स्थिति सिर्जना हुनबाट बचेको दाबी समेत गरे।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend