काठमाडौं । नेपालमा गुणस्तरीय स्वास्थ्य सेवाको पहुँचको अवस्था दयनीय बन्दै गइरहेको छ । गुणस्तरीय स्वास्थ्य सेवाको कमीको कारण प्रति वर्ष ६६ हजार जनाको मृत्यु हुने गरेको तथ्यांक सार्वजानिक भएको छ । बिहीवार ‘स्वास्थ्य सेवामा विश्वव्यापी पहुँच दिवस’ को अवसरमा नेपाल हेल्थ इकोनोमिक एशोसिएसनका अच्युतराज पाण्डेले यस्तो बताएका हुन् ।
उनले कार्यक्रममा प्रस्तुति दिंदै यस्तो जानकारी दिएका हुन् । स्वास्थ्य सेवामा पहुँचको कमाले भन्दा स्वास्थ्य सेवामा पुगेरै गुणस्तरीय सेवाको कमीले मृत्यु हुने गरेको अध्ययनबाट देखिएको हो ।
तथ्यांकअनुसार स्वास्थ्य सेवामा पहुँच नपाएर १९ हजार जनाको मृत्यु हुने गरेको छ।
