२०८३ भाद्र २७ गते शनिवार

images
  • विकास
  • अरुण जलविद्युत् र मुगु कर्णाली हाइड्रो...

अरुण जलविद्युत् र मुगु कर्णाली हाइड्रो पीपीपी मोडलमा बनाइने, ५ खर्ब ५३ अर्ब रुपैयाँ लागत

अरुण जलविद्युत् र मुगु कर्णाली हाइड्रो पीपीपी मोडलमा बनाइने, ५ खर्ब ५३ अर्ब रुपैयाँ लागत

सहर्ष न्युज
सोमवार, मंसिर २४ २०८१
सहर्ष न्युज
सोमवार, मंसिर २४ २०८१
  • काठमाडौं । दुई विद्युतीय आयोजना  सार्वजनिक–निजी साझेदारी (पीपीपी)  बनाइने भएको छ । विद्युतीय आयोजनाहरुमा  किमाथांका अरुण जलविद्युत् आयोजना र मुगु कर्णाली जलाशययुक्त जलविद्युत् आयोजना सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडलमा बनाइने भएको हो ।

    आयोजनाको लागत ५ खर्ब ५३ अर्ब रुपैयाँ लागतमा हुने छ ।

    विद्युत् उत्पादन कम्पनी लिमिटेडले यी दुई आयोजनाका लागि वित्तीय लगानी आह्वान गर्दै आशयपत्र मागेको छ । कम्पनीका अनुसार दुई आयोजनामा पीपीपी ढाँचामा लगानी जुटाउने प्रक्रिया अगाडि बढेको छ ।

    किमाथांका अरुणको क्षमता ४ सय ५४ मेगावाट हो । यसको लागत ९३ अर्ब ८० करोड अनुमान गरिएको छ । मुगु कर्णाली जलाशययुक्त जलविद्युत् आयोजनाको क्षमता १ हजार ९ सय २ मेगावाट हो । जसको लागत ४ खर्ब ६० अर्ब रुपैयाँ हुने अनुमान छ ।

    कम्पनीले १५ दिनभित्र प्रस्ताव पेस गर्न भन्दै आइतबार सूचना जारी गरेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend