२०८३ भाद्र २७ गते शनिवार

images
  • सेयर बजार
  • धितोपत्र बोर्ड अध्यक्षका लागि थप दुईको...

धितोपत्र बोर्ड अध्यक्षका लागि थप दुईको अन्तर्वार्ता सकियो, चार जनाले दिइसके अन्तर्वाता

धितोपत्र बोर्ड अध्यक्षका लागि थप दुईको अन्तर्वार्ता सकियो, चार जनाले दिइसके अन्तर्वाता

सहर्ष न्युज
आइतवार, मंसिर ९ २०८१
सहर्ष न्युज
आइतवार, मंसिर ९ २०८१
  • काठमाडौं । नेपाल धितोपत्र बोर्ड अध्यक्षका थप दुईजना उम्मेदवारको अन्तर्वार्ता सकिएको छ । सिंहदरबारमा भएको अन्तर्वार्तासँगै प्रस्तुति सकिएको

    बोर्डका निवर्तमान कार्यकारी निर्देशक नवराज अधिकारी र नेप्सेका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्की अन्तर्वार्ताको लागि उपस्थिति भएका थिए । अर्का उम्मेदवार बीमा प्राधिकरणका पूर्वअध्यक्ष चिरञ्जीवी चापागाईं भने अनुपस्थित भएनन् ।

    अध्यक्षका लागि सर्टलिस्टमा परेका पाँचमध्ये यी तीन जनाको अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुति हुनसकेको थिएन । जसमध्ये आज दुई उम्मेदवारले आज अन्तर्वार्ता दिएका छन् ।
    अर्का दुई उम्मेद्वार सन्तोषनारायण श्रेष्ठ र मुक्तिनाथ श्रेष्ठले यसअघि नै अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुत गरिसकेका छन् ।

    अब अन्तर्वार्ता तथा कार्यायोजना प्रस्तुत गरेका चार जनामध्ये समितिले उत्कृष्टताका आधारमा कम्तीमा तीन जनाको नाम मन्त्रिपरिषद् बैठकमा सिफारिस गर्नेछ । तीमध्ये एक जनालाई मन्त्रिपरिषद्ले अध्यक्ष नियुक्त गर्ने व्यवस्था रहेको छ ।
    तीनजना मात्रै सिफारिस गर्नुपर्ने भएकाले एकजना अनुपस्थितिले कुनै अर्थ नराख्ने सिफारिस समितिका एक सदस्यले जानकारी दिए ।

    असोज १८ गते बोलाइएको अन्तर्वार्तामा सिफारिस समितिका संयोजक अधिकारी बिरामी भएपछि स्थगित भएको थियो ।

    धितोपत्र बोर्ड २०८० पुस २० पछि कार्यकारी अध्यक्षविहीन रहेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend