२०८३ श्रावण १० गते आइतवार

images
  • समाज
  • धरहरा चढ्न दुई सय लाग्ने, ...

धरहरा चढ्न दुई सय लाग्ने, चार पाङ्ग्रेलाई प्रतिघण्टा २० र दुई पाङ्ग्रेलाई १० पार्किङ शुल्क

धरहरा चढ्न दुई सय लाग्ने, चार पाङ्ग्रेलाई प्रतिघण्टा २० र दुई पाङ्ग्रेलाई १० पार्किङ शुल्क

सहर्ष न्युज
शनिवार, मंसिर ८ २०८१
सहर्ष न्युज
शनिवार, मंसिर ८ २०८१
  • ई–आर्थिक, काठमाडौं । परीक्षणका रूपमा निःशुल्क खुला गरिएको केही समय अघि खुल्ला गरिउको धरहरा चढ्न स्वदेशी नागरिकलाई प्रतिव्यक्ति दुईसय रुपियाँ शुल्क तोकिएको छ ।

    विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेश,२०८१ बमोजिम सार्क राष्ट्रबाट आउने पर्यटकलाई प्रतिव्यक्ति पाँच सय र सार्कबाहेक राष्ट्रका पर्यटकलाई प्रतिव्यक्ति एक हजार शुल्क निर्धारण गर्न सहरी विकास मन्त्रालयले गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रस्ताव पेस गरेको थियो । 

    उक्त प्रस्ताव स्वीकृत भएसँगै मङ्सिर ९ गतेदेखि धरहरा चढ्दा उल्लेखित शुल्क लाग्ने मन्त्रालयले जनाएको छ । स्वदेशी नागरिकको हकमा भने विद्यार्थीले, ज्येष्ठ नागरिक, बालबालिका र अपाङ्गता भएका व्यक्तिहरूले धरहरा चढ्दा लाग्ने शुल्कमा ५० प्रतिशत छुट पाउने छन् । यस्तै, धरहरामा पार्किङ गर्दा चार पाङ्ग्रेलाई प्रतिघण्टा २० र दुई पाङ्ग्रेलाई १० तोकिएको छ । 

    यस्तै, धरहरा स्तम्भमा राष्ट्रिय महत्वका विज्ञापन (व्यावसायिक बाहेक) गर्न प्रतिघण्टा पाँच हजार, धरहरा परिसरमा व्यावसायिक भिडियो छायाङ्कन गर्न प्रतिघण्टा पाँच हजार र फोटोग्राफीका लागि प्रतिघण्टा एक हजार शुल्क निर्धारण गरिएको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend