२०८३ भाद्र २७ गते शनिवार

images
  • पर्यटन
  • अन्तराष्ट्रिय उडान भर्ने बाह्र कम्पनीको भाडादर...

अन्तराष्ट्रिय उडान भर्ने बाह्र कम्पनीको भाडादर मन्त्रालयमा

अन्तराष्ट्रिय उडान भर्ने बाह्र कम्पनीको भाडादर मन्त्रालयमा

सहर्ष न्युज
शुक्रवार, मंसिर ७ २०८१
सहर्ष न्युज
शुक्रवार, मंसिर ७ २०८१
  •  

    काठमाडौँ । नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्दै आएका १२ वटा हवाई कम्पनीले सरकारलाई हवाई भाडादरको विवरण उपलब्ध गराएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता रामकृष्ण लामिछानेका अनुसार पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डेले २४ घण्टाभित्रै हवाई भाडा दर उपलब्ध गराउन निर्देशन दिएपछि दुई वटा स्वदेशीसहित १२ वटा हवाई कम्पनीले टिकटको मूल्य र यात्रुको विवरण मन्त्रालयमा बुझाएका हुन् । 

    उहाँले भन्नुभयो, “हवाई भाडा महँगो भएको र सहजै उपलब्ध नरहेको गुनासोको आधारमा मन्त्रालयले पहल थालेको छ । नेपालबाट अन्तर्राष्ट्रिय उडानको अनुमति पाएका १९ वटामध्ये बिहीबारसम्म प्रमुख १२ वटा हवाई कम्पनीले सिट वर्गीकरण अनुसार न्यूनतम टिकटको मूल्य, वर्तमान टिकटको मूल्य, सरचार्ज र यात्रुले लिएको टिकटको मूल्य विवरण मन्त्रालयमा बुझाएका छन् ।”

    बिहीबार नेपाल वायु सेवा निगम, हिमालय एयरलाइन्स, कतार एयरवेज, सिङ्गापुर एयरलाइन्स, फ्लाई दुबई, इन्डिगो, एयर अरेबिया, टर्किस, कोरियन, सिचुवान, मलेसियन र जजिरा एयरवेजले हवाई टिकटको विवरण बुझाएको उहाँले बताउनुभयो ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हाल १० घण्टा उडान कटौती भएको छ । यो समयमा हवाई टिकट चार गुणासम्म महँगो भएको र श्रम स्वीकृति लिइसकेका श्रमिकले समेत टिकट नपाइरहेको गुनासो बढेपछि हवाई भाडा नियन्त्रणका लागि मन्त्रालयले बिहीबार सहसचिव इन्दु घिमिरेको संयोजकत्वमा छ सदस्यीय कार्यदल पनि गठन गरेको उहाँले जानकारी दिनुभयो ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend