२०८३ श्रावण ११ गते सोमवार

images
  • कृषि
  • देशभर ९ लाख ४० हजार पाँच...

देशभर ९ लाख ४० हजार पाँच सय हेक्टर क्षेत्रफल रोपाइँ, सबैभन्दा बढी सुदूरपश्चिममा

देशभर ९ लाख ४० हजार पाँच सय हेक्टर क्षेत्रफल रोपाइँ, सबैभन्दा बढी सुदूरपश्चिममा

सहर्ष न्युज
सोमवार, आषाढ ३१ २०८१
सहर्ष न्युज
सोमवार, आषाढ ३१ २०८१
  • सहर्ष न्युज, काठमाडौं । हालसम्म देशभर ६७.३ प्रतिशत रोपाइँ सकिएको छ। अहिलेसम्म ९ लाख ४० हजार पाँच सय हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको कृषि मन्त्रालयले जनाएको छ। 

    कोसी प्रदेशमा ६१.७, मधेसमा ६१.५, बागमतीमा ६९.२, गण्डकमा ७५, लुम्बिनीमा ६६.७, कर्णाली प्रदेशमा ७८ र सुदूरपश्चिम प्रदेशमा ८६ प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले बताए। यो साता पानी परेकाले गत साताभन्दा बढी क्षेत्रफलमा रोपाइँ भएको हो। 

    असारको तेस्रो सातासम्म पनि देशभर राम्रोसँग वर्षा नभएकाले धेरै ठाउँमा रोपाइँ हुन सकेको थिएन। चौथो हप्तापछि वर्षा निरन्तर भएको थियो।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend