२०८३ भाद्र २८ गते आइतवार

images
  • पर्यटन
  • नेपाल वायुसेवा निगमको ‘नाइन एन–एएलजेड’ (मकालु)...

नेपाल वायुसेवा निगमको ‘नाइन एन–एएलजेड’ (मकालु) जहाज अब नियमित उडानमा

नेपाल वायुसेवा निगमको ‘नाइन एन–एएलजेड’ (मकालु) जहाज अब नियमित उडानमा

सहर्ष न्युज
सोमवार, मंसिर ३ २०८१
सहर्ष न्युज
सोमवार, मंसिर ३ २०८१
  •  

    जहाजको नियमित सी–चेकको मर्मतपश्चात् नियमित उडान गर्न लागिएको निगमका प्रवक्ता रमेश पौडेलले बताउनुभयो । जहाज मर्मतका लागि तीन महिनाअघि इटाली लगिएको थियो । उहाँले भन्नुभयो, “अन्तर्राष्ट्रिय विधिसम्मत प्रक्रिया पूरा गरी सी–चेकको मर्मतसम्भारपछि जहाज आइपुगेको छ । जहाज बिहान ८ बजेर ५२ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियाे । आज बेलुकाबाटै उडान सुरु हुनेछ ।”

    उक्त जहाजसहित निगमका चारवटै जहाजले अन्तर्राष्ट्रिय क्षेत्रमा नियमित उडान गरेसँगै यात्रुलाई थप सेवा पुग्ने विश्वास गरिएको प्रवक्ता पौडेलले बताउनुभयो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend