२०८३ श्रावण ११ गते सोमवार

images

अस्ताउँदो सूर्यलाई अर्घ दिएर आज छठ पर्व मनाइँदै

अस्ताउँदो सूर्यलाई अर्घ दिएर आज छठ पर्व मनाइँदै

सहर्ष न्युज
बिहिवार, कार्तिक २२ २०८१
सहर्ष न्युज
बिहिवार, कार्तिक २२ २०८१
  • काठमाडौं । आज कार्तिक २२ गते छठ पर्व मनाइदै छ । प्रत्येक वर्ष कार्तिक शुक्ल षष्ठीका दिन मनाइने छठ पर्वको मुख्य दिन शुक्रबार साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइँदैछ । छठ मनाउन नदिकिनारहरुमा बत्तिहरुले सजावट भएका छन् । छठ पर्व देशैभर मनाइदै आएको छ । विशेषरुपमा छठ पर्वमा नदि, पोखरीहरुमा वर्तालुहरु किनारामा बस्ने गर्छन् ।

    पहिला पहिला तराई क्षेत्रमा छठ पर्वलाई विशेषरुपमा लिने गरिएको अहिले देशैभर यसको महत्व बढ्दै गएको छ । तिहारको समापनसँगै छठ पर्वको हर्षेल्लाष रुपमा सहरबजारमा चहलपहल सुरु भैसेकको छ । छठ पर्वमा उदाउदो र अस्ताउदो सूर्यको दर्शन गरिन्छ । छठ पर्व सूर्यदेवको अनुष्ठान गर्ने गरिन्छ ।

    छठ सद्भाव अनि दातृत्वको प्रतीकरुपमा नदी, तालतलैया र पोखरीको किनारामा श्रृङ्गारीएर तयार पारिएका घाटहरू, केराका थम्बा, झिलिमिली बत्तीबिच अस्ताउँदो र उदाउँदो दुवै सूर्यको लालीकिरणलाई दूधको अर्घ्य दिएर मनाइने गरिन्छ ।

    कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व बुधबारदेखि शुरु भएको थियो । आज अस्ताउँदो सूर्यलाई र भोलि उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्व सम्पन्न हुन्छ ।

    सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको शुरुआत भएको तथ्य सूर्य पुराणमा उल्लेख छ ।

    छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ । यसमा झुप्पा–झुप्पा फलहरू चढाउँदा सूर्य देवता प्रसन्न भई व्रतालुका कुटुम्बसहित सबै सन्तानको भलो हुन्छ भन्ने मान्यता पाइन्छ । यस पर्वमा जो व्रत बस्न सक्दैन उसले अर्को व्रत गर्नेबाट व्रत गराउने गर्छन् । आर्थिक अभाव भएका मानिसहरु भिक्षा मागेरै भए पनि यो पर्व मनाउने गर्छन् ।

    काठमाडौंका यी स्थानमा हुदै छठ

    काठमाडौको ८ ठाउँमा छ्ठ मनाउने काठमाडौं महानगरपालिकाले व्यवस्था मिलाएको छ ।  काठमाडौै महानगरपालिका अनुसार गुहेश्वरी स्थित गौरीघाट,  , कोटेश्वर दोभान,  कमलपोखरी,   वंशीघाट,  बालाजु बाइसधारा, धौखेल खोला, कुमारी क्लब  र भुवनेश्वरी मन्दिरमा रहेको जनाएको छ ।

    काठमाडौं महानगरपालिकाका छठ पर्व मनाउनका लागि पोखरी सरसफाइ, पोखरी वरिपरि रङ्गरोगन र छठ पर्व स्थल व्यवस्थापनको कामलाई द्रुतता  छ । काठमाडौं महानगरका मेयर शाहले छठ पर्वको हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend