२०८३ श्रावण ११ गते सोमवार

images
  • समाज
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ दशमलव ७...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ दशमलव ७ किलो सुन सहित तीन जना पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ दशमलव ७ किलो सुन सहित तीन जना पक्राउ

सहर्ष न्युज
बुधवार, कार्तिक २१ २०८१
सहर्ष न्युज
बुधवार, कार्तिक २१ २०८१
  • काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ५ दशमलव ७ किलोग्राम मरामत भएको छ । प्रहरीले सुनसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । 

    विमानस्थलबाट मंगलबारसाँझ करिब ५ किलो ७ सय ग्राम सुनसहित तीन जनालाई नियन्त्रणमा लिइएको हो । 

    उनीहरूलाई भन्सार ब्यागेज क्षेत्रमा रिचेक (पुनः जाँच) गर्ने क्रममा लगेज भित्र राखेको १२ थान स्पीकरमा करिब  ५ के.जी. ७ सय ग्राम सुन फेला परेपछि सशस्त्र प्रहरी बल नेपाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार सुरक्षा बेसको संयुक्त टोलीले नियन्त्रणमा लिएको हो ।

    नियन्त्रणमा लिइएका तीनै जनालाई आवश्यक अनुसन्धानको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा राखिएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend