२०८३ श्रावण ११ गते सोमवार

images
  • पर्यटन
  • लामो समयको प्रतिक्षापछि एअर एसियाको बैंकक–भैरहवा–बैंकक...

लामो समयको प्रतिक्षापछि एअर एसियाको बैंकक–भैरहवा–बैंकक उडान सुरु

लामो समयको प्रतिक्षापछि एअर एसियाको बैंकक–भैरहवा–बैंकक उडान सुरु

सहर्ष न्युज
आइतवार, कार्तिक १८ २०८१
सहर्ष न्युज
आइतवार, कार्तिक १८ २०८१
  • काठमाडौं । थाइ एयर एसियाको बैंकक–भैरहवा–बैंकक उडान आजबाट सुरु भएको छ । लामो समयको प्रतिक्षापछि सो एयरले बैंकक–भैरहवा–बैंकक उडान थालेको हो । नागरीक उड्यन प्राधिकरण गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थलका अनुसार बिहान ७ बजे थाइ एयर एसियाको एअर बस अवतरण गरेको हो ।

    प्राधिकरण भैरहवा कार्यालयका निमिक्त महाप्रबन्धक दीपक कुमार बज्राचार्यका अनुसार पहिलो उडानमा बिमानका चालकदलका ७ सदस्यहरु मात्रै आएका थिए । उहाँले यो तालिका अनुसारकै फ्लाईट भएको बताउनु भयो ।

    अर्को उडान अब कार्तिक २३ गते शुक्रवार हुने र त्यसपछि हप्ताको दुई उडान गर्ने बिमानस्थलले जनाएको छ । २३ गते बिहान ७ बजे आउने र त्यसपछि २५ गते बिहिबार देखि हप्ताको दुई दिन सोमबार र बिहिबार दिउँसो सवा १२ बजे आउने निमिक्त महाप्रबन्धक बज्राचार्यले जानकारी दिनुभयो ।

    थाइ एअर एसियाको केही दिन अघि मात्रै भैरहवा तथा काठमाण्डौ उडान शुरु गर्ने अनुमति पाए लगत्तै उडान सुरु भएको हो ।

    भैरहवाबाट बैंककतर्फ एकतर्फी सुरुवाती भाडादर १२ हजार रुपैयाँ रहेको जनाईएको छ । एअर एसियाको यो बिमान बिहान ७ बजेर ४० मिनेट जाँदा बैंकक प्रस्थान गरेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend