२०८३ श्रावण ११ गते सोमवार

images
  • खेलकुद
  • साफ महिला च्याम्पियनसिपमा भारतलाई ४–२ ले...

साफ महिला च्याम्पियनसिपमा भारतलाई ४–२ ले हराउँदै नेपाल फाइनलमा प्रवेश

साफ महिला च्याम्पियनसिपमा भारतलाई ४–२ ले हराउँदै नेपाल फाइनलमा प्रवेश

सहर्ष न्युज
सोमवार, कार्तिक १२ २०८१
सहर्ष न्युज
सोमवार, कार्तिक १२ २०८१
  • सहर्ष न्युज, काठमाडौं । नेपाल साफ महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।

    दशरथ रङ्गशालामा आइतबार राति भएको तनावपूर्ण सेमिफाइनल खेलमा भारतलाई टाइब्रेकरमा ४–२ ले हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो । निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएपछि खेलको निर्णय सोझै टाइब्रेकरबाट गरिएको हो । 

    टाइब्रेकरमा नेपालका लागि सावित्रा भण्डारी ९साम्बा०, गिता राना, सविता रानामगर र अमिशा कार्कीले गोल गर्नुभयो । भारतकी मनिषा र पुरुषोत्तम शिरोभ्करले गोल गर्नुभयो । कप्तान आशालता देवीको पहिलो प्रहार पोलमा लागेर फर्किएको थियो । रन्जना चानुको प्रहारलाई भने नेपालकी गोलरक्षक अन्जना रानामगरले विफल पार्नुभयो । 

    यसअघि निर्धारित समयको पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो । ५१ औँ मिनेटमा नेपाल १० खेलाडीमा समेटिएको थियो ।

    नेपालकी प्रभावशाली स्ट्राइकर रेखा पौडेलले रन्जना चानुमाथि फल गरेपछि भुटानी रेफ्री चोकी ओमले रेखालाई दोहोरो पहेँलो ९रातो० कार्ड देखाउनुभयो । त्यसपछि रेफ्रीको निर्णय प्रति असन्तुष्ट बनेका नेपाली समर्थकले नाराबाजी गर्दै मैदानमा बोतल फालेका थिए । जसको कारण खेल १३ मिनेट रोकिएर पुनः सुचारु भयो ।

    Nepali Mahila Football Team.jpg

    लगत्यै भारतकी संगीता बासफोरले डिबक्स छेउबाट उत्कृष्ट गोल गर्नुभयो । भारतका खेलाडी र अफिसियल संगीताको गोलमा खुसी मनाउन लाख्दा रेफ्रीले खेल सुचारु गर्नुभयो । जसमा नेपालकी प्रिति राईले गोल गर्नुभयो ।

    प्रितिले खाली पोस्टमा गरेको गोललाई विपक्षी खेलाडी हाफ मैदानमा नरहेको भन्दै रेफ्री चोकीले फोर्थ अफिसियल र सहायक रेफ्रीको निर्देशनमा गोल नदिएपछि रङ्गशाला पुनः तनावपूर्ण बनेको थियो । नेपाली खेलाडी गोल नदिएका कारण खेल्न मानेनन् । अफिसियलले पनि तत्काल खेलाउन सकेनन् । 

    रेफ्रीको गलत निर्णयपछि १५ हजार दर्शकले रेफ्रीविरुद्ध नाराबाजी गरिरहेका थिए । दर्शकको आक्रोस नियन्त्रण गर्न सुरक्षा कर्मीलाई समेत हम्मेहम्मे परेको थियो ।

    करिव एक घण्टा तनावपछि खेल पुनस् सञ्चालन भएको थियो । खेल सञ्चालन भएको पहिलो मिनेटमै सावित्राले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याउनुभयो ।

    त्यसपछि सोझै टाइब्रेकरमा पुगेको खेलमा नेपाल भाग्यमानी बन्यो । फाइनलमा नेपालले बुधबार साविक विजेता बङ्गलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।

    यसअघि आइतबार नै भएको पहिलो सेमिफाइनल खेलमा बङ्गलादेशले भुटानलाई ७–१ गोलले हराउँदै लगातार दोस्रो पटक फाइनलमा स्थान बनाएको हो । अघिल्लो संस्करणको फाइनलमा बङ्गलादेशले नेपाललाई हराउँदै उपाधि जितेको थियो । 

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend