सहर्ष न्युज, काठमाडौं । काठमाडौं सिनामंगल स्थित काठमाडौं मेडिकल कलेजका इन्टर्न डाक्टहरु विगत ७ दिनदेखिको आन्दोलनलाई व्यवस्थापनले ‘टार्न’ खोज्दैछ । व्यवस्थापनले आन्दोलनरत डाक्टरहरुको मागलाई ‘तुहाउन’ तीन दिन आन्दोलन स्थगित गर्न लगाएको छ । यसलाई केही आन्दोलनरत इन्टर्न डाक्टरहरुले टार्न र तुहाउन खोजेको आशंका गरेका छन् । यद्यपी तीन दिनपछि वार्ता परिणाममुखी हुने विश्वास उनीहरुले लिएर आन्दोलन स्थगित गरेका छन् ।
काठमाडौं मेडिकल कलेजका विद्यार्थीहरुले कलेज प्रशासनले लिएको अतिरिक्त शुल्क फिर्ता गर्न आन्दोलन गरिरहेका हुन् । केएमसी कलेज प्रशासनले उक्त विषयमा कुनै छलफल तथा निर्णय गरेको छैन् ।
आज हाम्रो आन्दोलनको सातौं दिन हो । अव हामीले पूर्ण रूपमा ओपिडी सेवा बन्द गर्ने निर्णय गरेको छौं। कलेज प्रशासनबाट गार्डको कपडामा गुण्डा खटाई बाटो छेक्ने कुरा आन्तरिक स्रोतबाट प्राप्त भएको छ। आन्दोलनरत इन्टर्न डाक्टर हृदय संग्रौलाले जानकारी दिए । हिजो हाम्रो आन्दोलनको छैठौं दिनमा एक जना डाक्टरमाथि हातपात प्रशासनले गरेको थियो । प्रशासनले हातपातको गरेको विद्यार्थीहरुले आरोप लगाए । हाम्रो कुरा अझै मिलेको छैन् । कलेज प्रशासनबाट तीनको समय माग गर्नुभएको छ । हामीले तिन दिनको समय दिएका छौ । ३ दिनको लागि हामीले आन्दोलन स्थगित गरेका छौ ।
कलेज प्रशासनले विद्यार्थीबाट प्रति विद्यार्थी ४ लाख ९० हजार शुल्क लिएको थियो । मेडिकल कलेजले २०७५ र २०७६ का व्याजबाट नेपाली विद्यार्थीहरुको ४० जनाको ४ लाख ९० हजारका दरले २ करोड ४५ लाख र ५० विदेशी विद्यार्थीबाट प्रति विद्यार्थी ३ लाख १६ हजार ९६० का दरले १ करोड २६ लाख ८७ हजार ४०० रुपैयाँ शुल्क लिएको थियो । कुल ९० जना विद्यार्थीहरुबाट जम्मा ३ करोड ७१लाख ७८ हजार ४ सय रुपैयाँ फिर्ता गर्न डाक्टरहरु आन्दोलनरत छन् ।
आन्दोलनरत विद्यार्थिहरुका अनुसार ‘यी सबै शुल्कहरुलाई राष्ट्रिय चिकित्सा आयोगबाट २०७५ को चिकित्सा शिक्षा ऐनको कानुनहरुका दफा बमोजिम दफा २ ख अनुसार माथिका अतिरिक्त सबै शुल्कहरु ट्युसन फिमा लगाएको छ । हामीले डाक्टर पढ्दा ३८ लाख ५० हजार बुझाएका छौ । पुनः माथिका शिर्षकमा लिन नमिल्ने चिकित्सा आयोगले तोकेको छ । यसलाई अतिरिक्त शुल्क भनेर व्याख्या गरेको छ । शिक्षा विज्ञान तथा प्रविधी मन्त्रालयले अतिरिक्त शुल्कहरुलाई २०७६ मंसिर पछिका अतिरिक्त शुल्कहरुलाई क्रमशस् गर्दै जाने निर्णय दिइएको छ । उक्त बैठकमा प्राइभेट मेडिकल कलेज, चिकित्सा शिक्षा आयोग, स्वास्थ्य मन्त्रालयको मन्त्रीहरुबाट बैठक पारित गरिएको निर्णय हो । हामीले बैठक र कानुनको व्याख्या अनुसार माग राखेको हौ ।
‘कलेजलाई यो निर्णय देखाउदा कलेज प्रशासनले हामीलाई यो निर्णय मान्य नभएको बताउदै आएको छ । अतिरिक्त शुल्क पुरानो व्यवस्थापनले लिइएको हुदाँ । हामी नयाँ व्यवस्थापनले यो दिन अतिरिक्त शुल्क फिर्ता दिन नसक्ने कुरा जिकिर गरेको आन्दोलनरत विद्यार्थी संग्रौलाले बताए । हामी २०७५ र २०७६ को व्याज सबै पिडित भएका छौ । यो माग ९० जना विद्यार्थीहरु माग हो । प्रशासनले हाम्रो माग विगठन गर्नका लागि अनेक क्रियाकलाप विभिन्न षडयन्त्रहरु रचिएको विद्यार्थीहरुको आरोप छ । कलेज प्रशासनले वा वाहिरबाट अन्य व्यक्ति ल्याएर हुलदंगा गर्ने १६ जना मान्छे आएर हामीसंग झगडा गर्न खोज्दै हुनुहुन्थ्यो । प्रशासनले ढलको पानी खोल्दिने लगायत अनेक दुस्खहरु प्रशासनले गरेको विद्यार्थीहरुको आरोप छ ।
तीन दिनलाई आन्दोलन स्थगित
काठमाडौं सिनामंगल स्थित काठमाडौं मेडिकल कलेजका इन्टर्न डाक्टहरु आजबाट तीन दिनको लागि आन्दोलनका कार्यक्रम स्थगन गरेका छन् । आज हामीलाई जिल्ला प्रशासनबाट आएको प्रत्यक्ष अनुरोधलाई मध्यनजर गर्दै आदेशको पालना अनुसार आइतबार सम्म कुर्ने त्यहि अनुरुपमा वार्ता नभएमा आन्दोलनका कार्यक्रम निरन्तर हुने डाक्टर संग्रौला बताउछन् ।
डाक्टर मनिषा खातुनले भनिन् 'केएमसी कलेज प्रशासनले हामीलाई आज मेन गेटबाट छिर्न दिएको छैन् । केयुबाट कलेज प्रशासनलाई चिठ्ठी आइसकेको छ । तर कलेज प्रशासनले यसलाई वेवास्ता गरेर बसेको छ ।' प्रशासनले हाम्रो माग विगठन गर्नका लागि अनेक क्रियाकलाप विभिन्न षडयन्त्रहरु रचिएको विद्यार्थीहरुको आरोप छ ।
