कपिलबस्तु । कपिलवस्तुको कृष्णनगरबाट स्रोत नखुलेको २० लाख ५० हजार भारतीय रकम सहित दुई जना पक्राउ परेका छन् ।
लिङ्गेटमा खटिएको प्रहरी चेकिङ टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेको यु पी ४५ ए एस ६६६३ र यु पी ४२ डी टी ५७२१ गडीहरूलाई चेकजाँच गर्दा उक्त रकम फेला परेको हो ।
चेकजाँच गर्ने क्रममा यु पी ४५ ए एस ६६६३ नं. गाडीमा सवार भई आएका भारत देश महाराष्ट्र प्रदेश राईगट जिल्ला मुंबाई सिटिका ३३ वर्षीय सलमान कुरेसियाको झोलाबाट ८ लाख र यु पी ४२ डी टी ५७२१ नं. को गाडीमा सवार सोही स्थानका ३९ वर्षीय उमेश सखाराम खंडागलेको झोलाबाट १२ लाख ५० हजार बरामद गरिएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीले पक्राउ परेको रकम सहित दुवै जनालाई थप अनुसन्धान एवम् कारबाही लागि राजश्व अनुसन्धान कार्यालय बुटवल पठाइएको छ ।
