काठमाडौं । केही दिन अघि आएको बाढीपहिरोमा परी हालसम्म दुई सय ३९ जनाको मृत्यु भएको छ ।
बाढी पहिरोमा परी १८ जना अझै बेपत्ता रहेको गृह मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार १७८ जना घाइते भएका छन् ।
हालसम्म बाढीपहिरो प्रभावित क्षेत्रबाट १७ हजार एक सय २० जनाको उद्धार गरिएको छ भने सहायता परिचालन र अवरुद्ध राजमार्गको मर्मत गरी यातायात सञ्चालन गर्न अथक प्रयास भइरहेको छ ।
यही असोज १२ गते आएको बाढीपहिरोले काठमाडौं उपत्यका, काभ्रेलगायतमा ठुलो क्षति भएको छ ।
