२०८३ आश्विन ६ गते मंगलवार

images
  • समाचार
  • आजसम्म अध्ययन नभएको शास्त्र ‘जीवन शास्त्र’को...

आजसम्म अध्ययन नभएको शास्त्र ‘जीवन शास्त्र’को प्रोमो सार्वजनिक

आजसम्म अध्ययन नभएको शास्त्र ‘जीवन शास्त्र’को प्रोमो सार्वजनिक

सोमवार, आश्विन ५ २०८३
सोमवार, आश्विन ५ २०८३
  • काठमाडौँ । मानिसको जीवन बाल्यकालदेखि नै सुख, दुःख, अभाव, पीडा, संघर्ष र सफलताका कथाले भरिएको हुन्छ। यही जीवनका विविध भोगाइ, संघर्ष र सफलताका कथालाई समेटेर तयार गरिएको विशेष कार्यक्रम ‘जीवन शास्त्र’को प्रोमो असोज २ गते सार्वजनिक भएको छ।
    कतारमा विभिन्न कार्यक्षेत्रमा रहेर आफ्नो भविष्य बनाइरहेका नेपालीहरूको बाल्यकालदेखि प्रवाससम्मको यात्रा, जीवनमा आइपरेका उतारचढाव, दुःख, पीडा, संघर्ष र त्यसपछिको सफलताको कथा ‘जीवन शास्त्र’मार्फत प्रस्तुत गरिएको छ।
    कतारको सनैयास्थित प्लाजा मलमा रहेको सिलौटो रेस्टुरेन्टमा छायांकन गरिएको उक्त कार्यक्रमको सम्पूर्ण उत्पादन तथा व्यवस्थापनको काम पूरा भइसकेको कार्यक्रम निर्देशक राजु गुरूङले जानकारी दिनुभयो। उहाँका अनुसार कार्यक्रमको प्रोमो असोज २ गते अर्थात् सेप्टेम्बर १८, २०२६ नेपाली समयअनुसार साँझ ६ बजे सार्वजनिक भएको हो।
    कार्यक्रमको व्यवस्थापन प्रदीप चापागाईं र निर्देशक राजु गुरूङले गरेका हुन् भने ‘जीवन शास्त्र’को प्रस्तोताको भूमिकामा ‘युगपुरुष’ रहनुभएको छ।
    प्रवासमा रहेका नेपालीहरूको बाहिरी जीवन मात्र होइन, उनीहरूले भित्रभित्रै बोकेका पीडा, संघर्ष, सपना, आशा र सफलताका कथालाई दर्शकमाझ ल्याउने योजनामा कार्यक्रम तयार गरिएको आयोजकको भनाइ छ। प्रवासमा रहेका हरेक नेपालीको जीवनमा कुनै न कुनै कथा हुन्छ भन्ने भावलाई नै कार्यक्रमले केन्द्रमा राखेको छ।
    यसैबीच, ‘जीवन शास्त्र’पछि नेपालमा गएर ‘आमासँग ९ महिना’ नामक अर्को कार्यक्रम पनि छिट्टै दर्शकमाझ ल्याउने तयारी भइरहेको निर्देशक गुरूङले जानकारी दिनुभयो।
    कार्यक्रम ‘जीवन शास्त्र’ आफ्नै युट्युब च्यानलसहित टिकटक, इन्स्टाग्राम र फेसबुक पेजहरूमा हरेक हप्ताको शुक्रबार साँझ ६ बजे प्रसारण हुनेछ।
    प्रवासमा रहेका नेपालीका वास्तविक जीवनकथा, भोगाइ र संघर्षलाई आवाज दिने उद्देश्यले तयार गरिएको ‘जीवन शास्त्र’ले दर्शकलाई मनोरञ्जनसँगै जीवनका विभिन्न पाटासँग जोड्ने अपेक्षा गरिएको छ।

    लेख : शशि श्रेष्ठ 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend