२०८३ आश्विन १ गते बिहिवार

images

बाढी पीडितको सम्झनामा नेपाल–बङ्लादेश टी–२० शृङ्खला

बाढी पीडितको सम्झनामा नेपाल–बङ्लादेश टी–२० शृङ्खला

बिहिवार, आश्विन १ २०८३
बिहिवार, आश्विन १ २०८३
  • काठमाडौँ। नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले बङ्लादेशसँग पहिलोपटक टी–२० अन्तर्राष्ट्रिय शृङ्खला खेल्न लागेको छ। नेपाल क्रिकेट सङ्घ (क्यान)का अनुसार यो द्विपक्षीय शृङ्खला आगामी चैत महिनाको १२, १४ र १६ गते कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा आयोजना हुनेछ।

    क्यानका सचिव पारस खड्काले हालसालै आएको भोटेकोशी बाढीमा ज्यान गुमाउनेहरूको सम्झनामा यो शृङ्खला समर्पित गरिने जानकारी दिएका छन्। बुधबार साँझ फेसबुकमार्फत उनले लेखेका छन् – आगामी मार्चमा हुने नेपाल–बङ्लादेश क्रिकेट शृङ्खला नेपालमा भर्खरै मच्चिएको विनाशकारी बाढीका पीडितहरूको सम्झनामा समर्पित गरिनेछ। उनका अनुसार क्रिकेटभन्दा माथि उठेर यो शृङ्खलाले नेपाल र बङ्लादेशबीच एकता, सहानुभूति र मित्रताको सन्देश फैलाउने छ, किनभने दुवै छिमेकी मुलुकबीच जनस्तरमा प्रगाढ सम्बन्ध रहेसँगै क्रिकेटप्रति पनि उस्तै लगाव रहेको छ।

    सचिवले शृङ्खला आयोजना गर्न सहमत भएकोमा बङ्लादेश क्रिकेट बोर्डप्रति समेत आभार व्यक्त गरेका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend