२०८३ आश्विन २ गते शुक्रवार

images
  • समाचार
  • सिँचाइ विभागमा नयाँ नेतृत्व: दिनेश रजौरिया...

सिँचाइ विभागमा नयाँ नेतृत्व: दिनेश रजौरिया महानिर्देशक नियुक्त

सिँचाइ विभागमा नयाँ नेतृत्व: दिनेश रजौरिया महानिर्देशक नियुक्त

शुक्रवार, आश्विन २ २०८३
शुक्रवार, आश्विन २ २०८३
  • काठमाडौँ। जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक डा महेश्वर श्रेष्ठलाई पदमा बसेको दुई महिना पनि नपुग्दै मन्त्रालयमा सारिएको छ। उनको ठाउँमा अब दिनेश रजौरियाले विभागको जिम्मेवारी सम्हाल्नेछन्।

    ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले यो निर्णय गरेका हुन्। मन्त्रीले डा श्रेष्ठलाई मन्त्रालयतर्फ सारेर, हाल सहसचिव रहेका रजौरियालाई नयाँ महानिर्देशकको जिम्मेवारी दिएका हुन्।

    रजौरिया यसअघि विभागकै उपमहानिर्देशक थिए र लामो समयदेखि सिँचाइ क्षेत्रमा काम गर्दै आएका अनुभवी अधिकारी हुन्। भित्री स्रोतका अनुसार, गत पटकको सरुवा प्रक्रियामा केही अस्वाभाविक गतिविधि भेटिएपछि मन्त्रीले डा श्रेष्ठलाई मन्त्रालय तान्ने निर्णय गरेका थिए।

    नयाँ महानिर्देशक रजौरियाको नियुक्तिलाई विभाग भित्र सकारात्मक रूपमा लिइएको छ। उपमहानिर्देशकको तहबाट माथि आएका उनी विभागको आन्तरिक कामकाज र प्राविधिक पक्षमा राम्रो पकड भएका व्यक्तिका रूपमा चिनिन्छन्, जसले नेतृत्व परिवर्तनसँगै विभागमा नयाँ ऊर्जा र सुशासन ल्याउने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend